2026-06-19 04:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कुलमान फालेलगत्तै बिचौलियाको स्वार्थमा ४८०० मेगावाट विद्युत् किन्न पिपिए गर्ने निर्णय

काठमाडौँ । कांग्रेस-एमाले नेतृत्वको सरकारले कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाएलगत्तै प्राधिकरण सञ्चालक समितिको बैठकबाट ऊर्जामन्त्री दीपक खड्काले निजी जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) खुलाउने निर्णय गरेका छन् ।

यस निर्णयलाई आफू निर्देशक हुँदा कुलमानले दुई बर्षदेखि रोक्दै आएका थिए । प्राधिकरणलाई घाटा हुने बुझेर कुलमानले रोकेको यो निर्णय नयाँ कार्यकारी निर्देशक आए लगत्तै पारित गर्नुले बिचौलियाको प्रभावमै कुलमान फालिएको बुझिएको छ । प्राधिकरणले पिपिए गरेर विद्युत् खरिद गर्न नसक्दा आयोजनालाई जरिवाना तिर्नुपर्ने र विद्युत् खपत गर्न नसक्दा जरिवाना मात्रै तिरिराख्नु हुँदा प्राधिकरणलाई ठुलो घाटा हुने ठानेर कुलमानले यो रोक्दै आएका थिए । तर, शाक्यले मंगलबार कार्यकारी निर्देशकको शपथलगत्तै पदभार ग्रहण गरेलगत्तै यो निर्णय गरे ।

यो निर्णय गर्दा मंगलबार रातिनै सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा मन्त्री खड्काले प्राधिकरण सञ्चालक समितिको पहिलो बैठक राखेर पिपिए खुलाउने ठाडो निर्णय गराएका हुन्  । बैठकको माइन्युट भने हुन बाँकी रहेको छ ।

स्रोतका अनुसार बैठकमा यो निर्णय लिनुअघि समय लिएर सरकारसँग समेत छलफल गर्ने कुरा उठेपनि मन्त्री खड्काले मानेनन् । उनले सन् २०३५ सम्म साढे २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको विषयलाई देखाएर सरकारसँग थप स्वीकृति नचाहिने भन्दै पिपिए खुलाउने निर्णय गराएका हुन् । बैठकको माइन्युट भने हुन बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो