Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

भीमदत्त पन्तको ६५औँ स्मृती दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

२०७४, १७ श्रावण मंगलवार १३:४७

साउन १७, डडेल्धुरा । मंगलबार सहिद भीमदत्त पन्तको ६५ औँ स्मृती दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । 

पन्तको सम्झनामा विविध कार्यक्रम गरी दिवस मनाइएको हो । स्मृती दिवसको अवसरमा मंगलबार बिहान ७ बजे डडेल्धुरा बागबजार स्थित पन्तको शालिकमा माल्यार्पण गरिएको छ  । यस्तै साँझा ७ बजे दिवप्रज्वलन गरेको भीदत्त स्मृती प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष उमेश प्रसाद भट्टले जानकारी दिएका छन् । केही बर्ष यता देखी प्रतिष्ठानले नियमित रुपमा यस्ता कार्यक्रमहरु गर्दै आएको छ । 

प्रतिष्ठानले लामो समयदेखी सहिद पन्तको स्मृती दिवस मनाउँदै आएको छ । लामो समयपछि राज्यले भीमदत्त पन्तलाई सहिद घोषणा गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पन्तलाई २०७२ फागुन १९ गते सहित घोषणा गरेको हो । 

‘कि त जोत हलो, कि त छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ जोताहा किसानका पक्षमा वकालत गरेका भीमदत्त पन्त वि.स. १९८३ मंसिर १० गते डडेल्धुराको कारीगाउँमा जन्मेका हुन् । पन्त आमा सरस्वती पन्त र बुवा तारनाथ पन्तका सुपुत्र हुन् । 

उत्तरप्रदेश भारतको सिन्हाईबाट संस्कृत बिषयमा हाईस्कुलसम्मको अध्ययन गरेका पन्तलाई गीता र मार्क्सवादको राम्रो ज्ञान थियो । यसले नै उनमा राजनीतिक स्वभाव बढायो । सामन्ती संस्कारका बिरुद्ध आफ्नै घरबाट बिद्रोह गर्ने ब्यक्ति पनि भीम दत्त पन्त नै थिए । 

२००९ सालमा कञ्चनपुरको ब्रहृमदेवमा लुकाएर राखिएको नूनको गोदाम कब्जा गरी किसानलाई बितरण गरेपछि नेपाली र भारतीय दुबै देशका शासकहरु उनका दुश्मन बन्न पुगे ।

२०१० साउन १७ गते डडेल्धुराको साविसको आलिताल र डोटीको छतिवन गाविसको सीमाना क्षेत्रको गल्लेख भन्ने ठाउँमा खाना खाइरहेका बेला दुबै देशको सेनाहरुको टोलीद्वारा संयुक्त रुपमा घेरा हाल्न लगाई पन्तकै मित लालबहादुर थापाले उनको हत्या गरिएको भनिएको छ । तर यसको पुष्टि भएको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश