पर्वत, साउन १७–कार्यालय सहायकले प्रश्नपत्रमा छल गरेपछि यहाँको एक प्राविधिक शिक्षालयमा सुरु भएको प्रवेश परीक्षा नै स्थगित भएको छ । कुश्मा–११ स्थित पकुवाको बिरेन्द्र प्राविधिक शिक्षालयका कार्यालय सहायक गणेश पौडेलले आफै प्रश्न बनाएर बाहिरि¥याएको पुष्टि भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत, साउन १७–कार्यालय सहायकले प्रश्नपत्रमा छल गरेपछि यहाँको एक प्राविधिक शिक्षालयमा सुरु भएको प्रवेश परीक्षा नै स्थगित भएको छ । कुश्मा–११ स्थित पकुवाको बिरेन्द्र प्राविधिक शिक्षालयका कार्यालय सहायक गणेश पौडेलले आफै प्रश्न बनाएर बाहिरि¥याएको पुष्टि भ"/>
2026-09-19 05:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कार्यालय सहायकले प्रश्नपत्र ढाँटेपछि जेटिएको परीक्षा रोकियो

पर्वत, साउन १७–कार्यालय सहायकले प्रश्नपत्रमा छल गरेपछि यहाँको एक प्राविधिक शिक्षालयमा सुरु भएको प्रवेश परीक्षा नै स्थगित भएको छ । कुश्मा–११ स्थित पकुवाको बिरेन्द्र प्राविधिक शिक्षालयका कार्यालय सहायक गणेश पौडेलले आफै प्रश्न बनाएर बाहिरि¥याएको पुष्टि भएपछि परीक्षा नै स्थगित भएको छ । प्राविधिक शिक्षालयमा (कृषि प्राविधिक) जेटिएको प्रवेश परीक्षा गत मंगलबार तोकिएको थियो ।

परीक्षा लिदै गर्दा कार्यालय सहायकले प्रश्नपत्र बनाउने र आफै आउट गरेको पाएपछि रद्द गरिएको जिल्ला शिक्षा कार्यालयका बिद्यालय निरिक्षक हिमलाल लामिछानेले जानकारी दिए । ‘कार्यालय सहायकले सिटिइभिटिबाटै प्रश्न आएको बताएपछि विश्वास गरेका थियौ तर उता सम्पर्क गर्दा प्रश्नपत्र नै बनाएर नपठाएको खबर आयो’ लामिछानेले भने–‘धाँधली हुन लागेको पाएपछि परीक्षा नै रद्द गरेका छौ ।’ उनले रद्द गरेको परीक्षा भोली (बुधबार)का लागि राखिएको पनि जानकारी दिएका छन् ।

कार्यालयले तोकेको अधिकृत प्रतिनिधिसहित प्राविधिक शिक्षालयका अध्यक्ष र सम्बन्धित बिद्यालयका प्राचार्य गरी तीन सदस्यीय समिति प्रवेश परीक्षाका लागि तोकिने ब्यवस्था रहेको छ । लामिछानेलाई शिक्षाले प्रतिनिधि तोकेर पठाएको हो । उनी त्यसक्षेत्र हेर्ने बिद्यालय निरिक्षक पनि हुन । परीक्षा सुचारु गरेको केही मिनेटमै कार्यालय सहायकबाट नक्कली काम भएको पुष्टि भएपछि आफुले धाँधली रोकेर परीक्षा स्थगित गरेको बताए ।

बिद्यालय निरिक्षक लामिछानेले आफ्नो मुख्य उद्देश्य भनेको प्राविधिक शिक्षालयमा सक्षम ब्यक्ति नै छनौट होस् भन्ने रहेको बताए । ‘धाँधली हुनबाट रोक्ने प्रयास गर्दा नकारात्मक आक्षेप लागेको छ’ उनले भने–‘केही ब्यक्तिले परीक्षा किन रोकिस् भनेर धम्की नै दिएका छन ।’

प्राविधिक शिक्षालयका ब्यवस्थापन समितिका अध्यक्ष रमेशबम मल्लले प्राविधिक शिक्षालयमा ४० जनाको कोटामा एक सय १० जनाको दरखास्त परेको र प्रवेश परीक्षामा कार्यालय सहायकबाटै गलत काम भएको पाएपछि सुचारु भएको परीक्षा पनि स्थगित गरेर बुधबारका लागि राखिएको बताए ।

प्रवेश परीक्षाको प्रश्नपत्र तीन सदस्यीय समिति वा सिटिइभिटीले बनाउने प्रावधान छ । तर, कार्यालय सहायकले प्रश्नपत्र सिलबन्दी भएर सिटिइभिटीबाट आएको दाबी गर्दै परीक्षा सुचारु गराएको शिक्षालयको भनाई छ । मंगलबार शिक्षा कार्यालयको प्रत्यक्ष निगरानीमा तीन सदस्यीय समितिले नयाँ प्रश्नपत्र तयार गरेको छ । स्थगित भएको परीक्षा बुधबार राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ