पर्वत, साउन १७–कार्यालय सहायकले प्रश्नपत्रमा छल गरेपछि यहाँको एक प्राविधिक शिक्षालयमा सुरु भएको प्रवेश परीक्षा नै स्थगित भएको छ । कुश्मा–११ स्थित पकुवाको बिरेन्द्र प्राविधिक शिक्षालयका कार्यालय सहायक गणेश पौडेलले आफै प्रश्न बनाएर बाहिरि¥याएको पुष्टि भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत, साउन १७–कार्यालय सहायकले प्रश्नपत्रमा छल गरेपछि यहाँको एक प्राविधिक शिक्षालयमा सुरु भएको प्रवेश परीक्षा नै स्थगित भएको छ । कुश्मा–११ स्थित पकुवाको बिरेन्द्र प्राविधिक शिक्षालयका कार्यालय सहायक गणेश पौडेलले आफै प्रश्न बनाएर बाहिरि¥याएको पुष्टि भ"/>
३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कार्यालय सहायकले प्रश्नपत्र ढाँटेपछि जेटिएको परीक्षा रोकियो

१७ श्रावण २०७४, मंगलवार १४:०६

पर्वत, साउन १७–कार्यालय सहायकले प्रश्नपत्रमा छल गरेपछि यहाँको एक प्राविधिक शिक्षालयमा सुरु भएको प्रवेश परीक्षा नै स्थगित भएको छ । कुश्मा–११ स्थित पकुवाको बिरेन्द्र प्राविधिक शिक्षालयका कार्यालय सहायक गणेश पौडेलले आफै प्रश्न बनाएर बाहिरि¥याएको पुष्टि भएपछि परीक्षा नै स्थगित भएको छ । प्राविधिक शिक्षालयमा (कृषि प्राविधिक) जेटिएको प्रवेश परीक्षा गत मंगलबार तोकिएको थियो ।

परीक्षा लिदै गर्दा कार्यालय सहायकले प्रश्नपत्र बनाउने र आफै आउट गरेको पाएपछि रद्द गरिएको जिल्ला शिक्षा कार्यालयका बिद्यालय निरिक्षक हिमलाल लामिछानेले जानकारी दिए । ‘कार्यालय सहायकले सिटिइभिटिबाटै प्रश्न आएको बताएपछि विश्वास गरेका थियौ तर उता सम्पर्क गर्दा प्रश्नपत्र नै बनाएर नपठाएको खबर आयो’ लामिछानेले भने–‘धाँधली हुन लागेको पाएपछि परीक्षा नै रद्द गरेका छौ ।’ उनले रद्द गरेको परीक्षा भोली (बुधबार)का लागि राखिएको पनि जानकारी दिएका छन् ।

कार्यालयले तोकेको अधिकृत प्रतिनिधिसहित प्राविधिक शिक्षालयका अध्यक्ष र सम्बन्धित बिद्यालयका प्राचार्य गरी तीन सदस्यीय समिति प्रवेश परीक्षाका लागि तोकिने ब्यवस्था रहेको छ । लामिछानेलाई शिक्षाले प्रतिनिधि तोकेर पठाएको हो । उनी त्यसक्षेत्र हेर्ने बिद्यालय निरिक्षक पनि हुन । परीक्षा सुचारु गरेको केही मिनेटमै कार्यालय सहायकबाट नक्कली काम भएको पुष्टि भएपछि आफुले धाँधली रोकेर परीक्षा स्थगित गरेको बताए ।

बिद्यालय निरिक्षक लामिछानेले आफ्नो मुख्य उद्देश्य भनेको प्राविधिक शिक्षालयमा सक्षम ब्यक्ति नै छनौट होस् भन्ने रहेको बताए । ‘धाँधली हुनबाट रोक्ने प्रयास गर्दा नकारात्मक आक्षेप लागेको छ’ उनले भने–‘केही ब्यक्तिले परीक्षा किन रोकिस् भनेर धम्की नै दिएका छन ।’

प्राविधिक शिक्षालयका ब्यवस्थापन समितिका अध्यक्ष रमेशबम मल्लले प्राविधिक शिक्षालयमा ४० जनाको कोटामा एक सय १० जनाको दरखास्त परेको र प्रवेश परीक्षामा कार्यालय सहायकबाटै गलत काम भएको पाएपछि सुचारु भएको परीक्षा पनि स्थगित गरेर बुधबारका लागि राखिएको बताए ।

प्रवेश परीक्षाको प्रश्नपत्र तीन सदस्यीय समिति वा सिटिइभिटीले बनाउने प्रावधान छ । तर, कार्यालय सहायकले प्रश्नपत्र सिलबन्दी भएर सिटिइभिटीबाट आएको दाबी गर्दै परीक्षा सुचारु गराएको शिक्षालयको भनाई छ । मंगलबार शिक्षा कार्यालयको प्रत्यक्ष निगरानीमा तीन सदस्यीय समितिले नयाँ प्रश्नपत्र तयार गरेको छ । स्थगित भएको परीक्षा बुधबार राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता