साउन १७, मकवानपुर | छिमेकी जिल्ला चितवनमा देखिएको स्क्रब टाइफसका बिरामी मकवानपुरमा पनि देखिएको छ । जिल्ला जनस्वस्थय कार्यालय मकवापुरका अनुसार मकवानपुरमा ४४ जना स्क्रब टाइफसक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १७, मकवानपुर | छिमेकी जिल्ला चितवनमा देखिएको स्क्रब टाइफसका बिरामी मकवानपुरमा पनि देखिएको छ । जिल्ला जनस्वस्थय कार्यालय मकवापुरका अनुसार मकवानपुरमा ४४ जना स्क्रब टाइफसक"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरमा पनि स्क्रब टाइफसका बिरामी फेला

१७ श्रावण २०७४, मंगलवार १५:०७

साउन १७, मकवानपुर | छिमेकी जिल्ला चितवनमा देखिएको स्क्रब टाइफसका बिरामी मकवानपुरमा पनि देखिएको छ । जिल्ला जनस्वस्थय कार्यालय मकवापुरका अनुसार मकवानपुरमा ४४ जना स्क्रब टाइफसका विरामी फेला परेका छन् । 

हेटौडाको विभिन्न अस्पतालमा उपचारका लागि आएका विरामी मध्य ४५ जनामा स्कब टाइफस्को संक्रमण भेटिएको जनस्वास्थ्य कार्यालय प्रमुख रामचन्द्र पाठकले जानकारी दिनुभएको छ । उहाँका अनुसार हेटौडा अस्पतालमा ३ जना, हेटौडा सिटि हस्पतालमा १ र हेटौडा सामुदाईक अस्पतालमा ४० जना स्क्रब टाईफसका विरामी उपचारका लागि आएको उहाँले बताउनुभयो । स्क्रव टाइफसका विरामीमा ज्वरो आउने, शारीरका जोर्नीहरु दुख्ने, कमजोर महसुस हुने, खटिरा आउने जस्ता लक्षण देखिने पाठकले बताउनु भएको छ । 

स्क्रव टाइफसको संक्रमणपछि विरामीको शारीरिक अवस्था र प्रतिरक्षा अवस्था कमजोर हुने भएकोले अन्य रोगको संक्रमण देखिने पनि उहाँले जानकारी दिनुभयो । संक्रमित विरामीलाई आराम गर्ने, शरीरमा देखिने कमजोरी अनुसारको औषधी सेवन गर्न ,पोषिलो खानेकुरा खाएर चिकित्सकको निगरानीमा रहँन उहाँको सुझाव छ । स्क्रव टाइफसको लक्षणअनुसार तत्काल उपचार गरी आराम नगरे जोखिम हुन सक्ने पनि उहाँको भनाइ छ । हालसम्म सबै विरामीको उपचार सफल भएको र सामान्य अवस्थामा घर फर्किएको पाठकले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो