२०८३, १ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङको तुलसीपुरबाट भारत तीर्थ यात्रा गएको गाडी दुर्घटनामा ४ जनाको मृत्यु

२०८१, १५ चैत्र शुक्रबार ११:३८

काठमाडौँ | दाङको तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको स्कार्पियो गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान तुलसीपुरबाट छुटेको भारतीय नम्बर प्लेटको युपी ३१ एसी ७२०० नम्बरको स्कार्पियो गाडी भारतको बहराइचमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

तुलसीपुर–७ का वडाअध्यक्ष रामबहादुर जिसीका अनुसार दुर्घटनामा परी गाडी चालक तुलसीपुर–७ पर्सेनी निवासी अन्दाजी ३७ वर्षीय युवराज चापागाईँसहित चार जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी तुलसीपुर–७ श्रीगैँ निवासी मोतिराम वलीको आमा ८० वर्षीय वृद्धाको मृत्यु भएको छ । यस्तै अरू दुई जनाको पनि मृत्यु भएको तर उनीहरूको नाम नखुलेको उनले बताए ।

गाडीमा नौ जना सवार रहेको र अरू घाइते भएको उनले जानकारी दिए । वडाअध्यक्ष जिसीले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । दुर्घटना बिहीबार दिउँसो ४ बजेतिर भएको हो ।

गाडीमा सवार सबै जना यात्रु तुलसीपुरकै रहेको प्रारम्भिक अनुमान गरिएको छ । गाडी पनि भारतीय नम्बर प्लेटको भए पनि तुलसीपुरकै रहेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ