2026-09-22 04:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परदेशबाट फर्किदा न श्रीमती, न सम्पत्ति: नौमहिने दुधे सन्तान छाडेर हिड्ने यी आमा !


साउन १८, काठमाडौँ । इस्मा गाउँपालिका ४ सिम्पानीका ३७ वर्षिय बाबुराम थापा भारतबाट घर फर्किएको पाँच दिन भयो । परदेश हिडेको २४ वर्ष भएपनि थापा प्रत्येक वर्ष एक पटक विदामा घर आउँछन् ।

बिहे भएको १३ वर्ष पुग्यो । श्रीमती, एक छोरा र दुई छोरीसहितको उनको परिवार छ । निकै आनन्दका साथ विदा सकेर थापा प्रदेश फर्कन्थे । तर, उनको यो विदा भने त्यस्तो रहेन् । नौ महिनाको दुधे बालक छोडेर श्रीमती भागेपछि उनको सपना र कल्पना अहिले खरानी बन्यो ।

चार लाख रुपैयाँ बैङ्कबाट निकालेर आउने बहानामा घरबाट सदरमुकाम तम्घास हिडेकी ३० वर्षिय श्रीमति बीनाको अहिलेसम्म अत्तोपत्तो छैन् । जसका कारण थापा पीडा र पश्च्यातापले भावबिह्ल बनेका छन् । ‘भागेको तीन दिन भयो, फर्किएकी छैन, मलाई त डुबे नै,नौ महिनाको दुधे बालकको समेत बिचल्ली पर्‍याे’ उनले भने ।

उनका अनुसार बैङ्कमा भएको १९ लाख रुपैयाँ पनि अहिले खातामा छैन् । घरमा बाँधिएको लैनो भैसी, दुई वटा बाख्रा र एउटा बोको समेत बेचिसकेको छ । उनले इण्डियाको साकेतमा गाडी चलाउँछन् । वर्षको चार लाख कमाउने गरेको उनले बताए । उनले रुदै भने, ‘साइन रेसुङ्कामा खाता खोलेकी छु भन्थि,’ सबै कमाई उसैलाई पठाउँथे, बैङ्कमा बुझियो १९ लाखमा एक रुपैयाँ छैन् ।’ 

गाउँमा आएर बुझदा पहिलेदेखि नै परपुरुषलाई घरमा राख्दै आएको पत्ता लागेको उनले बताए । ‘तड्पाएर गई, बाबु नानीको मुख हेर्नु शिवाय अब मसँग केहि रहेन,’ थापाले भने, ‘अर्कोतिर गाउँभरी उसैका हल्ला छन् ।’

सोमबार इस्मा प्रहरीचौकीमा उजुरी दिएपनि अहिलेसम्म कुनै सूचना नआएको उनले बताए । त्यस्तै प्रहरीको महिला तथा बालबालिका सेल र मुद्दा फाटँमा यो आर्थिक वर्षको शुरुवात मै गुल्मी दरबार गाउँपालिका १ की जमुना पुन हराएको जाहेरी परेको छ । श्रीमान लामो समय कतार बसेर घर फर्कदा श्रीमतिसँगै एक बालक पनि हराएको भन्दै श्रीमान होम बहादुर सतुङ्गे पुनले जाहेरी दिएको सहायक निरिक्षक यादवले जानकारी दिए । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी