2026-10-18 03:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीका स्थानिय तहमा आईतबारदेखी नागरिकता टोली जाने

साउन १८, अर्घाखाँची  । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा नागरिकता बनाउनेहरुको भिड्भाड् लागेको छ । 

१८ वर्ष पुरा भई मतदाता नामाबलीमा नाम छुटेका, नागरिकता हराएका हरुको लागी प्रतिलिपि, तथा वृद्धवृद्धाहरु पनी नागरिकता बनाउन आईरहेका छन । नागरिकता लिन आउने सेवाग्राहीको भिड्भाड्ले जिल्ला प्रशासनका कर्मचारीलाई फुर्सद समेत छैन ।

भुमिकास्थान नगरपालिका १० धनचौरकी २८ वर्षिय सुमित्रा पाण्डेले भनिन् स्थानिय तहमा नामाबली लेखाउन गएपनी नागरिकता बनाउनका लागी सन्धिखर्क आउनुपर्यो, नागरिकता बनाएपछी जिल्ला निवार्चन कार्यालयमा गएर मतदाता नामावलीमा लेखाउछु, किन दोहोरो दुःख पाउनु भुमिकास्थानको केन्द्रमा जान । स्थानिय तहमा नागरिकता बनाउन नगएमा मतदाता नामाबली संकलन गर्न जानु कुनै अर्थ नहुने उनले बताईन ।

सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले आउँदो आईतबारदेखी जिल्लाका सवै गाउँ र नगरपालिकामा नागरिकता वितरणका लागी टोली जाने तयारी भईरहेको छ । एउटा पालिकामा दुई दिन बस्ने गरी तयारी भएको र सेवाग्राही बढिरहेमा आवश्यकता अनुसार नागरिकता टोली बस्ने खत्रीले बताए ।

वर्खामासको समय भएपनी जिल्ला प्रशासनमा नै नियमित भन्दा दोव्बर सेवाग्राही आईरहेका छन, दैनिक ७५ देखी ८० वटा नागरिकता वितरण भईरहेको छ, अव स्थानिय तहमा नै गएपछी सेवाग्राहीहरुलाई घरदैलोमा सेवा दिन्छौ खत्रीले भने ।

जिल्ला प्रशासनमा नागरिकता लिन आएकालाई छोटो समयमा सरलताले नागरिकता वितरण गरीरहेका छौ, कर्मचारी पुर्ण नभएपनी कुनै काम रोकिदैन, मुस्कान सहितको सेवा दिईरहेका छौ, प्रशासनमा आएकाहरुलाई खानेपानीको व्यवस्था छ, सप्रजिअ खत्रीले भने ।

सोमबारदेखी स्थानिय तहमा मतदाता नामाबली संकलन गर्न जिल्ला निवार्चन कार्यालयका कर्मचारीहरु स्थानिय तहमा नै गएका छन । जिल्लाका सन्धिखर्क, सितगंगा, भुमिकास्थान नगरपालिका र पाणिनी, छत्रदेव र मालारानी गाउँपालिकाको केन्द्रमा मतदाता नामाबली संकलन भईरहेको छ ।

नागरिकता बनाउन सदरमुकाम आउनुपरेपनी आउँदो आईतबारदेखी स्थानिय तहबाट नामाबली संकलन हुने भएसँगै जिल्लाबासीहरुलाई नागरिकता बनाउन र नामाबलीमा नाम लेखाउन सहज हुनेछ ।

सवैभन्दा सहज सन्धिखर्क नगरपालिकाका सेवाग्राहीलाई मतदाता नामाबलीमा नाम लेखाउँन छ । सन्धिखर्क आउँनका लागी सवै वडाहरुबाट यातायातको सुविधा छ, सवै वडाहरुमा ट्याक्सी पाईन्छन । अन्य गाउँ र नगरपालिकाका सवै वडाहरुबाट स्थानिय तहका केन्द्रमा जाने मोटरबाटाहरु खुलेका छैनन।

सवैभन्दा विकट जिल्लाको सितगंगा नगरपालिकाका केहि वडाहरुबाट केन्द्र ठाडामा आउन ५ देखी ६ घण्टा लाग्छ । उक्त क्षेत्रका विभिन्न वडाहरुमा हिउदँमा यातायात चलेपनी वर्खामा चल्दैनन । सेवाग्राहीहरु नगरपालिकाको सेवा लिन ५ देखी ७ घण्टा हिडेर ठाडा आउनुपर्ने हुन्छ । सितगंगा नगर प्रमुख सुर्यप्रसाद अधिकारीले सितगंगाका सवै वडाहरुमा वर्खा र हिउँदमा चल्ने गरी यातायातलाई प्राथमिकता दिने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु