लोकेन्द्र प्रशाद जोशी/साउन १९, दार्चुला । दार्चुला जिल्लाको सिमा पारी भारतको जौलजीबी क्षेत्रमा काम गर्न गएका दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर ६ का अन्दाजी ६० बर्षिया कमलापती भट्टको जंगली च्याउँ खाएर मृत्यु भएको छ ।
काम गर्न गएका सातजना नेपालीहरुले जंगली च्याउँ खादा सबै विरामी भएका थिए । बिरामीमध्ये भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
मृतक भट्टको शव बुधबार नेपाल दार्चुला ल्याइएको छ । शबको पोष्ट मार्टम पछि शब आफन्तको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी केदार खनालले जानकारी दिनुभयो ।