पर्वत । सरकारी कार्यालयमा भएका कामकारवाही,नीति तथा नियमावली प्रशासन गरी नागरिकलाई सुचना प्रदान गर्नको लागि बनाइएको सरकारी कार्यालयका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । सरकारी कार्यालयमा भएका कामकारवाही,नीति तथा नियमावली प्रशासन गरी नागरिकलाई सुचना प्रदान गर्नको लागि बनाइएको सरकारी कार्यालयका"/>
३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अपडेट छैनन् सरकारी कार्यालयका वेभसाइट

१९ श्रावण २०७४, बिहीबार ०६:२६

पर्वत । सरकारी कार्यालयमा भएका कामकारवाही,नीति तथा नियमावली प्रशासन गरी नागरिकलाई सुचना प्रदान गर्नको लागि बनाइएको सरकारी कार्यालयका वेभसाइटहरु खासै अपडेट नहुने गरेको पाइएको छ ।


वार्षिक ४० देखी ५० हजार खर्च गरेर निर्माण गरीएका सरकारी निकायका वेभसाईट अपडेट छैनन् । जिल्ला शिक्षा कार्यालय पर्वतको वेब साईडमा वर्षौदेखी पाल्पाको तथ्यांक रहिरहेको हो । जिल्लाका सरकारी निकायले सम्पादन गरेका काम तथा विभागले पालना गरेको नीति निर्देशन सार्वजनीक गर्न वार्षिक ४० हजार खर्च गरेर वेभ बनाएता पनि खासै अपडेट हुने गरेका छैनन् ।


गत वर्ष जिल्ला शिक्षा कार्यालयले ४० हजार खर्च गरेर निर्माण गरेको साईडको व्यवस्थापन गराउन नसक्दा पर्वत जिल्लाको वेब साईटमा पाल्पा जिल्ला शिक्षा कार्यालयको तथ्याँक भेटिने गरेको छ । जिल्ला शिक्षा अधिकारी रमेश राज पौडेलले जिल्लामा जनशक्ति नभएका कारण विभागलाई वेब साईट अपडेट गर्न नसकेको बताए ।


दक्ष कर्मचारी नभएकै कारण जिल्लामा अधिकांश सरकारी कार्यालयका वेभ पेजहरु खाता खोलेर मात्रै राखिएका जस्ता देखिन्छन् भने कतिपयमा उल्टो र अन्य जिल्लाको जानकारी समेत दिने गरेको पाइन्छ । वेभ पेजहरु लाखौमा निर्माण गरिएता पनि त्यसको सहि सदुपयोग र प्रयोग भने हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल