पर्वत । सरकारी कार्यालयमा भएका कामकारवाही,नीति तथा नियमावली प्रशासन गरी नागरिकलाई सुचना प्रदान गर्नको लागि बनाइएको सरकारी कार्यालयका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । सरकारी कार्यालयमा भएका कामकारवाही,नीति तथा नियमावली प्रशासन गरी नागरिकलाई सुचना प्रदान गर्नको लागि बनाइएको सरकारी कार्यालयका"/>
2026-09-19 04:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अपडेट छैनन् सरकारी कार्यालयका वेभसाइट

पर्वत । सरकारी कार्यालयमा भएका कामकारवाही,नीति तथा नियमावली प्रशासन गरी नागरिकलाई सुचना प्रदान गर्नको लागि बनाइएको सरकारी कार्यालयका वेभसाइटहरु खासै अपडेट नहुने गरेको पाइएको छ ।


वार्षिक ४० देखी ५० हजार खर्च गरेर निर्माण गरीएका सरकारी निकायका वेभसाईट अपडेट छैनन् । जिल्ला शिक्षा कार्यालय पर्वतको वेब साईडमा वर्षौदेखी पाल्पाको तथ्यांक रहिरहेको हो । जिल्लाका सरकारी निकायले सम्पादन गरेका काम तथा विभागले पालना गरेको नीति निर्देशन सार्वजनीक गर्न वार्षिक ४० हजार खर्च गरेर वेभ बनाएता पनि खासै अपडेट हुने गरेका छैनन् ।


गत वर्ष जिल्ला शिक्षा कार्यालयले ४० हजार खर्च गरेर निर्माण गरेको साईडको व्यवस्थापन गराउन नसक्दा पर्वत जिल्लाको वेब साईटमा पाल्पा जिल्ला शिक्षा कार्यालयको तथ्याँक भेटिने गरेको छ । जिल्ला शिक्षा अधिकारी रमेश राज पौडेलले जिल्लामा जनशक्ति नभएका कारण विभागलाई वेब साईट अपडेट गर्न नसकेको बताए ।


दक्ष कर्मचारी नभएकै कारण जिल्लामा अधिकांश सरकारी कार्यालयका वेभ पेजहरु खाता खोलेर मात्रै राखिएका जस्ता देखिन्छन् भने कतिपयमा उल्टो र अन्य जिल्लाको जानकारी समेत दिने गरेको पाइन्छ । वेभ पेजहरु लाखौमा निर्माण गरिएता पनि त्यसको सहि सदुपयोग र प्रयोग भने हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा