२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाका छ स्थानिय तहमा नागरीकता बितरण गर्न घुम्ती सेवा सञ्चालन

१९ श्रावण २०७४, बिहीबार ०८:००

लोकेन्द्र प्रशाद जोशी/साउन १९, दार्चुला । दार्चुला जिल्लाका ६ ओटा स्थानिय तहमा बिहिबारबाट नागरीकता प्रमाणपत्र बितरण गर्न घुम्ती सेवा सञ्चालन भएको छ । 

आगामी निर्वाचनलाई मध्यनजर गरि फोटोसहितको परिचय पत्र सँगै नागरिकता वितरण हुने भएको हो ।

जिल्लाका मालिकार्जुन गाउँपालीका, शैल्यशिखर नगरपालीका, नौगाड गाउँपालीका, मार्मा गाउँपालीका र अपिहिमाल गाउँपालीकामा नागरीकता प्रमाणपत्र बितरण गर्न घुम्ती सेवा सञ्चालन हुने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

सोमबारबाट महाकाली नगरपालीकाबाहेक जिल्लाका ८ ओटा स्थानिय तह कार्यालयमा मतदाता नामावलि संकलनको कार्य भइरहेको छ । नामावलि संकलनको टोली रहेकै स्थानबाट बिहिबारदेखी साउँन ३२ गते सम्म नागरिकता प्रमाणपत्र वितरणको लागि जिल्ला प्रशासन कार्यालयबाट टोली खटाइएको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।

एक स्थानिय तहमा एक दिनको घुम्ति सेवा संचालन हुने कार्यक्रम तय गरिएको छ । पहिलो पटक नागरिकता प्रमाणपत्र लिने सेवाग्राहीलाइ सेवा दिइने भएपनि प्रतिलिपी नागरिकता सेवा भने दिन नसकिने जोशीले बताउँनुभयो । नयाँ नागरीकता बनाउँन योग्यता भएकालाइ आवश्यक कागजात सहितका प्रमाणहरु, तयारी अबस्थामा राखी मतदाता नामावलि संकलन गर्ने टोलीलाइ सम्पर्क गर्न अनुरोध गरीएको छ ।

साथै नागरीकता बितरण टोलीलाइ आवस्यक सहयोग गर्नकालागी उक्त समयमा उपस्थित भइदिन निर्वाचन जनप्रतिनिधि, वडा सचिव, सिफारिस कर्ता व्यक्ती स्थानिय कर्मचारी लगायत नागरिक समाजमा समेत आग्रह गरीएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य