२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पानीको बोतल छोएको भन्दै शिक्षकद्वारा दलित विद्यार्थीको औंला भाँचियो

२० चैत्र २०८१, बुधबार १४:४१

भारत | भारतको उत्तर प्रदेशस्थित एउटा विद्यालयमा पानीको बोतल छोएको निहुँमा शिक्षकको क्रूरताले हद पार गरेको छ। शिक्षकले दलित विद्यार्थीलाई पानीको बोतल छोएको भन्दै अमानवीय तरिकाले कुटपिट गरेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार घटना गत शनिबारको हो। नरेन्द्र प्रताप सिंह मेमोरियल हाई स्कुलमा १२ कक्षामा पढ्ने निशान्तले कक्षाको टेबलमा राखिएको पानीको बोतल हातमा लिएका थिए। त्यसपछि रिसले आगो भएका शिक्षक मंगल सिंह शाक्यले निशान्तलाई जातीय गाली दिँदै कुटपिट गरेका हुन्।

उनले बोतल अछुत भएको भन्दै आक्रोश पोखेको बताइएको छ । उनको यातना यतिसम्म थियो कि कुटपिटबाट विद्यार्थीका दुई औंला भाँचिए। त्यो मात्रै नभएर यसबारे कसैलाई भनेमा भयानक परिणाम भोग्नुपर्ने धम्की समेत दिएको पीडित विद्यार्थीले जानकारी दिएका छन्।

निशान्तले भनेका छन्, ‘उसले मलाई जातीय शब्द प्रयोग गरेर गाली गर्यो। बिदाको समयमा, उसले मलाई कोठामा थुनेर कुटपिट गर्यो। उसले मेरा दुई औंला पनि भाँचिदियो।’ निशान्तको परिवारले प्रहरी चौकीमा उजुरी गर्न खोजे पनि सुरुमा दर्ता भएन।

त्यसपछि उनीहरूले मंगलबार कलेक्टर कार्यालयमा गएर एसपीलाई भेटे। एसपीको आदेशमा शिक्षकविरुद्ध मुद्दा दर्ता भएको छ। एससी/एसटीसहित आठ गम्भीर धारामा मुद्दा चलाइएको छ। शिक्षक अहिले फरार छन्। प्रहरीले उनलाई चाँडै पक्राउ गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य