पर्वत /पर्वतको कुस्मा नगरपालिका –९ कटुवाचौपारी स्थित आइबल एकेडेमीमा कार्यरत शिक्षक नारायण पौडेलको रहस्यमय मृत्युको आरोपमा छानबिनका लागि पक्राउ परेका अभियुक्तहरु धरौटीमा रिहा भएका छन ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत /पर्वतको कुस्मा नगरपालिका –९ कटुवाचौपारी स्थित आइबल एकेडेमीमा कार्यरत शिक्षक नारायण पौडेलको रहस्यमय मृत्युको आरोपमा छानबिनका लागि पक्राउ परेका अभियुक्तहरु धरौटीमा रिहा भएका छन ।

2026-09-19 04:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शिक्षक नारायण पौडेलको ‘हत्या’ मुद्दाका आरोपीहरु धरौटीमा रिहा

पर्वत /पर्वतको कुस्मा नगरपालिका –९ कटुवाचौपारी स्थित आइबल एकेडेमीमा कार्यरत शिक्षक नारायण पौडेलको रहस्यमय मृत्युको आरोपमा छानबिनका लागि पक्राउ परेका अभियुक्तहरु धरौटीमा रिहा भएका छन ।

शिक्षक पौडेलको हत्या अभियोगमा छानबिनका लागि प्रहरीले नियन्त्रणमा राखेका ५ जना अभियुक्तहरु बागलुङ्ग जिल्ला अदालतको आदेशमा बुधबार धरौटीमा रिहा भएका हुन ।

धरौटीमा रिहा हुनेमा पर्वतको कुस्मा नगरपालिका वडा नं ९ का चन्द्रमान श्रेष्ठ, देउकुमार श्रेष्ठ, जयनारायण श्रेष्ठ, वडा नं १० घर भई बिद्यालयका प्रिन्सीपल बिमल पौडेल र सोही ठाउँ घर भै बिद्यालयमा कार्यरत कार्यालय सहयोगी मञ्जु पुरी रहेका छन ।

अदालतले पुरीलाई १० हजार र अन्य अभियुक्तहरुलाई जनही १, १ लाख धरौटीमा रिहा गरेको हो । अदालतले मुलुकी ऐनको ज्यान सम्बन्धी महलको १३(३) अनुसार धरौटीमा रिहा गरेको अदालतले जानकारी दिएको छ ।

पर्वतको कुस्मा नगरपालिका –१ पाङ्ग घर भएका शिक्षक पौडेल गत जेठ २५ गतेदेखि बेपत्ता बनेका थिए । उनको शब १५ दिन पछि वाग्लुङ जिल्लाको जैमुनि गाउँपालिका ८, बेलवगर स्थित कालिगण्डकी नदी किनारमा फेला परेको थियो । मृतक पौडेलको पोष्टमार्टम रिपोर्टमा घाँटीमा जोडपूर्वक लागेको धारिलो बस्तुको चोटबाट मृत्यू भएको उल्लेख थियो । प्रहरी अनुसन्धानका क्रममा हत्या भएको घटनास्थल र पात्र फेला पार्न नसकेको देखिएको छ ।

पर्वत प्रहरीले लामो छानबिनबाट पर्वतमा घटना घटेको कुनै प्रमाण फेला पार्न नसकेको भन्दै लास भेटिएको स्थल बागलुङ्गमा नै अनुसन्धान गर्न मिसिल बागलुङ्ग पठाएको थियो । पौडेलको शव वाग्लुङ जिल्लामा भेटिएकोले अनुसन्धानका लागि पठाएपनि बागलुङ्ग प्रहरी पनि घटनाको सफल अनुसन्धान गर्नबाट चुकेको आरोप आफन्तले लगाएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा