२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

लाभग्राही सूचीमा नपरेका नुवाकोटका भूकम्प पीडितको पुनः सर्वेक्षण गरिँदै

१९ श्रावण २०७४, बिहीबार १०:२४

साउन १९, नुवाकोट । भूकम्पको कारण आवास गुमाएको तर, लाभग्राही सूचीमा नपरेका जिल्लाका भूकम्पपीडितको पुनः सर्वेक्षण तथा पुनः जाँच गर्न लागिएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिले २०७२ साल वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पका कारण आवास क्षति बेहोरेका तर इञ्जिनियरले संकलन गरेको लगतको आधारमा सार्वजनिक भएको लाभग्राही सूचीमा नाम समावेश नभएकाको गुनासो सम्बोधन गर्न यही साउन २५ गतेदेखि पुनः प्राविधिक परिचालन गर्न लागेको हो ।

पुनः सर्वेक्षण र पुनः जाँचका लागि वडाध्यक्ष संयोजक रहने वडास्तरीय गुनासो व्यवस्थापन समितिको नेतृत्वले लगत लिनेछ । वास्तविक पीडितलाई समावेश गराएर सहयोग पु¥याउन पुनः निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयले बुधबार जिल्लाका स्थानीयतहका प्रतिनिधिसँग छलफल गरेको थियो ।

भूकम्पको कारण आवास गुमाएको तर, आवास निर्माण गर्न रु तीन लाख अनुदान सहयोग पाउने लाभग्राही सूचीमा नपरेकाले दर्ता गराएको छुट गुनासोदेखि छुट पीडित सबैको लगत संकलन गर्न यही साउन २५ गतेदेखि प्रत्येक स्थानीयतहमा लगतको पुनः जाँच तथा पुनः सर्वेक्षण गर्न लागेको पुनः निर्माण प्राधिकरण जिल्ला समन्वय समितिका निमित्त प्रमुख वेदप्रसाद गौडेलले जानकारी दिए । आवास क्षति भएका तर लाभग्राहीमा नपरेका घरधनीले प्राविधिक परिचालन भएको समयमा आफ्नो घरको जाँच गराउन स्वयम् उपस्थित हुनुपर्ने उहाँले बताए ।

पुनः लगत संकलन गर्न नुवाकोटका लागि पुनः निर्माण प्राधिकरण केन्द्रबाट १६ जना इञ्जिनियर परिचालन भएका छन् । उनीहरुलाई जिल्ला समन्वय समितिको मातहतमा रहेका सामाजिक परिचालकले सहयोग पु¥याउने छन् । पुनः सर्वेक्षणका लागि ‘पुनः निर्माणसम्बन्धी गुनासो व्यवस्थापन कार्यविधि २०७४’ अनुसार लगत संकलन शुरु गरी एक महिनामा सबैलाई समावेश गर्ने लक्ष्य लिएको स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले बताए ।

बैठकमा सहभागी बाह्रैवटा स्थानीयतहका प्रमुख, उप्रप्रमुख, वडाध्यक्ष तथा कार्यकारी अधिकृतले सामूहिक जमानी र धितो जमानीमा दिने ऋण, भूकम्प प्रभावितले निर्माण गरेका आवास भूकम्प प्रतिरोधी मापदण्डमा समावेश नभएकाको समस्या समाधान, जोखिम क्षेत्रका बस्तीको पहिचान र उनीहरुको स्थानान्तरण, विस्थापितको पुनः स्थापना, सुकुम्वासी तथा भूमिहीनलाई जग्गा खरिद गर्न रु दुई लाख रुपैयाँ नगद उपलब्ध गराउने प्रक्रिया कार्यान्वयन गराउन ध्यानाकर्षण गराएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान