२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

हत्या आरोपमा दोलखाका २२ बर्षीय युवक पक्राउ

२०७४, २० श्रावण शुक्रबार ०४:०८

साउन २०, चरिकोट । कालिञ्चोक भगवती मन्दिरको दर्शन गर्न गएका विनोद धनुकेलाई हत्या गरेको अभियोगमा दोलखाको तामाकोशी गाउँपालिका–१ भिरकोटका २२ वर्षीय प्रवीण खड्कालाई प्रहरीले पक्राउ गरेको छ । 

कालिञ्चोक दर्शन गर्न गएका भीमेश्वर नगरपालिका हाल वडा नम्बर ३ बस्ने विनोदलाई २०६८ साल मङ्सिर १० गते कर्तव्य गरी मारेको अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका विनोदका भाञ्जा विक्रम विकलाई अनुसन्धानपश्चात् सोही घटनामा संलग्न रहेको भन्दै प्रहरीले प्रवीणलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय दोलखाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो । 

प्रहरीले विक्रमलाई पक्राउ गरेपछि प्रवीण खड्का फरार रहेको र बुधबार राति काठमाडाँैबाट पक्राउ गरी चरिकोट ल्याइएको पनि जनाएको छ । 

खड्काले दोलखाका उद्योगी–व्यापारीलाई पनि फोनमार्फत धम्की दिई पैसा असुल्ने गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । उनलाई पक्राउ गरेसँगै कर्तव्यज्यान मुद्दामा अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ