2026-09-19 07:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा जडीबुटी उत्पादनका लागि ग्रिन हाउस स्थापना

साउन २०, दाङ । जिल्लाको पहाडी क्षेत्रमा रहेको बंगलाचुली गाउँपालिकामा जडीबुटी उत्पादनको प्रशस्त सम्भावना देखिएको छ । 

साबिकका सैघा, स्युजा, काभ्रे लगायतका गाविसमा जडीबुटी उत्पादनको राम्रो सम्भावना देखिएको हो । तीन स्थानमा गरी करिब ४८ हजार हेक्टर जमिनमा जडीबुटी पकेट क्षेत्रका रुपमा विकास गर्न सकिने जिल्ला वन कार्यालयका प्रमुख सूर्यकान्त सिग्देलले बताउनुभयो । 

“बाँझो जमिनका रुपमा रहेका ४८ हजार क्षेत्रफल जमिनमा जडीबुटी उत्पादन गर्न सकिने सम्भावना छ”, उहाँले भन्नुभयो । नेपाल जडीबुटी व्यवसायी सङ्घ, दाङका अध्यक्ष सन्तोष सोनीले हाल स्थानीयवासीले व्यक्तिगतरुपमा सानो मात्रामा जडीबुटी उत्पादन गर्दै आएको उहाँले जानकारी दिनुभयो । 

जडीबुटी उत्पादनको राम्रो सम्भावना देखिएपछि हाल बंगलाचुली गाउँपालिका–४ जुम्लेपानीमा रु नौ लाखको लगानीमा ग्रिन हाउस (हरित गृह) स्थापना गरिएको छ । जिआइजेड र नेपाल जडीबुटी व्यवसायी सङ्घको सहयोगमा उक्त हाउसको स्थापना गरिएको हो । 

ग्रिन हाउसमा खासगरी टिम्बुर, दालचिनी लगायतका बिरुवा उत्पादन गरिनेछ । वार्षिक ५० हजार बिरुवा उत्पादन गर्ने लक्ष्यसहित ग्रिन हाउसको स्थापना गरिएको स्थानीयवासी लालबहादुर गिरीले जानकारी दिनुभयो । 

गिरीका अनुसार ग्रिन हाउसमा मात्रै करिब १० जनाले रोजगारी पाएका छन् भने वार्षिक रु तीन लाख सम्मको आम्दानी गर्ने लक्ष्य राखिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो