२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

राष्ट्रसेवकले नै राष्ट्रिय झन्डा नचिनेपछि…

१७ मंसिर २०७२, बिहीबार ०७:२६

national flagप्रकाश धौलाकोटी/मङ्सिर १७, तेह्रथुम । भक्तपुर नगरपालिका–१३ बस्ने लक्ष्मीनारायण शिल्पकार राष्ट्र बचाउने सन्देश फैलाउँदै नेपालको राष्ट्रिय बोकेर तेह्रथुम आइपुगेका छन् ।

चारवर्ष अघिबाट भक्तपुर स्थित आफ्नो घरमा रहेको राष्ट्रिय झन्डा फहराउँदै आएका शिल्पकारलाई छिमेकीहरु सँगै राष्ट्रसेवक कर्मचारीहरुले समेत यो झन्डा कुन पार्टीको हो ? भन्ने प्रश्न गरेपछि राष्ट्र बचाऊ भन्ने सन्देश फैलाउदै राष्ट्रिय झन्डा बोकेर देशव्यापी यात्राका क्रममा यहाँ आइपुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो– देशको सुरक्षार्थ खटिएका प्रहरीले नै यो कुन पार्टीको झन्डा हो भनेर सोधे, मेरो मन मानेन, त्यसपछि यो राष्ट्रिय झन्डा हो भनेर चिनाउन पनि राष्ट्रिय झन्डा बोकेर देशव्यापी यात्रामा निस्किएको हुँ । नेपालको सुदरपुर्वको जिल्ला ताप्लेजुङबाट यात्रा प्रारम्भ गरेका शिल्पकारले राष्ट्रिय झन्डा बोकेर कन्चनपुरसम्म पुग्ने र सबै जिल्लामा राष्ट्रिय झन्डा चिनाउने लक्ष्य रहेको बताउनुभयो ।

राष्ट्रसेवकहरु नै आज राजनीतिक पार्टीका नाममा राष्ट्र र राष्ट्रियतालाई भुल्न लागेकोप्रति दुःख व्यक्त गर्दै उहाँले राष्ट्र र राष्ट्रियताको संरक्षणका लागि आम नागरिकलाई अनुरोध गर्ने बताउनुभयो ।

शिल्पकारले मंसिर ४ गते ताप्लेजुङबाट सो अभियान सुरु गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली