२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल शिक्षक महासंघ आन्दोलनको समीक्षा गर्न बैठकमा जुटे

२०८१, २६ चैत्र मंगलवार १७:३६

काठमाडौँ | नेपाल शिक्षक महासंघ आन्दोलनको समीक्षा गर्न बैठकमा जुटेको छ । शिक्षा ऐन जारी गर्न माग गर्दै २० चैतदेखि काठमाडौँमा आन्दोलन गरिरहेको महासंघले आन्दोलनको समीक्षासहित थप रणनीति तय गर्न बैठक बोलाएको हो ।‘आन्दोलनको समीक्षा बैठकमा छौँ,’ आन्दोलन परिचालन समितिको संयोजक एवं महासंघको सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।

सरकारले फेरि वार्ताको लागि बोलाएपछि महासंघको बैठक बसेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्ता र संवादका लागि राहत एवम् अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारी लगायतका सबै शिक्षक-कर्मचारीको प्रतिनिधित्व हुनेगरी उपस्थित हुनका लागि नेपाल शिक्षक महासंघलाई बोलाएको छ ।

सरकारले वार्ताको मिति बुधबार भोलिको लागि तोकेको छ । वार्ता र संवादको समय तालिका आपसी सल्लाह अनुसार तय गरिने मन्त्रालयले जनाएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सरोकारवाला सरकारी पक्षसँग छलफल गरेपछि शिक्षकहरूलाई वार्ताको लागि पुनः बोलाएको हो ।

यसपटक शिक्षकहरू वार्तामा सहभागी हुने विश्वास सरकारको छ । यसअघि दुई पटक बोलाएको वार्तालाई महासंघले अस्वीकार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा