बाग्लुङ/अविरल वर्षापछि आएको पहिरोले ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा शुक्रबार बिहान तीन घर पुरिएर ती"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  बाग्लुङ/अविरल वर्षापछि आएको पहिरोले ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा शुक्रबार बिहान तीन घर पुरिएर ती"/>
2026-09-19 04:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पहिरोमा पुरिएर ३ को मृत्यु, ४ जना वेपत्ता

 बाग्लुङ/अविरल वर्षापछि आएको पहिरोले ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा शुक्रबार बिहान तीन घर पुरिएर तीन जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर एकै घरका ४ जना वेपत्ता भएका छन् ।

पहिरोले घर बगाउँदा पुरिएर मृत्यु हुनेहरुमा ढोरपाटन नगरपालिका ५ का करिब ५३ बर्षीय प्रकाश कामी, निसीखोला २ का ६५ वर्षीय मनिमान छन्त्याल र निसीखोला १ भुल्दीकी एक वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ । मनिमानसहित ४ जना पहिरोमा पुरिएकोमा अन्यको खोजी भइरहेको र जीवितै उद्धार गर्न सकिने सम्भावना न्युन रहेको उद्धारमा खटिएका ढोरपाटन प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नारायण शर्माले बताए । मनिमान, उनकी श्रीमती ६३ वर्षीया नन्दकली, १८ वर्षीया छोरी गीता र २२ वर्षीया बुहारी विन्दु समेत पहिरोमा पुरिएकोले पहिरो पन्छाउने कार्य भइरहेको उनले जानकारी दिए ।

घरमाथिबाट पहिरो आएर घर पुरिएपछि उनीहरुको मृत्यु भएको हो । ढोरपाटन र निसीखोलामा करिब १ दर्जन घरहरु बगाएकोले उनीहरु छिमेकीको घरमा शरण लिएर बस्नु पर्ने अवस्था रहेको निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए । निसीखोला दोस्रो लघु जलविद्युत् आयोजनाको कुलो समेत बडीगाड खोलाले बगाउँदा उक्त क्षेत्रका करिब १ हजार घरधुरी अन्धकारमा बस्नु पर्ने अवस्था रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा