बैशाख १६, डोटी । डोटीमा हतियार सहित भारतीय सुरक्षाकर्मी पक्राउ परेको घटना पछि पश्चिमी सिमा नाका गड्डाचौकी स्थित इलाका प्रहरी कार्यालयका चारजना प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा फिर्ता बोलाइएको छ । पक्राउ परेका भारतीय प्रहरी सोही नाकाबाट हतियार सहित प्रवेश गरेको पाइए पछि उक्त नाकामा ड्युटीमा रहेका चार प्रहरीलाई फिर्ता बोलाइएको हो ।
प्रहरी नायब निरीक्षक उमेश पाल, प्रहरी सहायक निरीक्षक खगेन्द्र भाट, एक प्रहरी हवल्दार र एक प्रहरी जवानलाई जिल्लामा फिर्ता बोलाइएको हो । चेकजाँच कार्य प्रभावकारी बनाउन नसकेको र लापर्वाही गरिएको कारण चारैजनालाई जिल्ला प्रहरी कार्यालयमा फिर्ता बोलाइएको प्रहरी नायब उपरीक्षक केदार खनालले बताए । फिर्ता बोलाइएका प्रहरीको सट्टा अन्यलाई खटाइने उनले बताए ।