३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

नयाँ वर्ष लाई लक्षित गरी चितवनमा ‘मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिभल’ आयोजना हुने

२८ चैत्र २०८१, बिहीबार ११:२४

काठमाडौँ | नयाँ वर्ष २०८२ लाई लक्षित गरी चितवनको नारायणगढमा ‘मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिभल’ आयोजना हुने भएको छ । नेपाली युवा उद्यमी मञ्च चितवनको आयोजनामा यही शुक्रबारदेखि बैशाख २ गतेसम्म नारायणघाटस्थित क्याम्पस चौरमा फेस्टिभल आयोजना हुन लागेको हो ।कार्यक्रमको उद्घाटन भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले गर्ने बताइएको छ । एक्स्पो हरेक दिन बिहान १० बजेदेखि अपरान्ह ६ बजेसम्म चल्ने छ भने अपरान्ह ५ बजेदेखि राति ९ बजेसम्म ग्राण्ड फुड फेस्टिभल सञ्चालन हुने मञ्चका चितवन अध्यक्ष उमेश श्रेष्ठले जानकारी दिए ।

एक्स्पोमा प्रवेश निःशुल्क गरिएको छ भने फुड फेस्टिभलमा शुल्क तोकिएको छ । फुड फेस्टिभलमा हरेक दिन चर्चित ब्याण्डहरुले प्रस्तुति दिनेछन् । आयोजकका अनुसार टिकटका लागि खल्तीबाट अग्रिम अनलाइन बुकिङ गर्दा ३ सय रुपैयाँ र कार्यक्रम स्थलमा गएर टिकट काट्दा ५ सय रुपैयाँ तोकिएको छ । पहिलो दिन चैत २९ गते ‘दि एज ब्याण्ड’, ३० गते ‘रकहेड’, चैत ३१ गते ‘पूर्ण राइ एण्ड परिवर्तन’, वैशाख १ गते ‘द स्वार’ र वैशाख २ गते ‘उदय एण्ड झकास’को विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ ।

फुड फेस्टिभलमा थकाली, थारु, तामाङ, नेवारी, तराई र अन्य परिकारहरुको स्वादको विविधताको पाइने आयोजकले जनाएको छ । जसमा अर्गानिक उत्पादन, लाभइ कुकिङ डेमो, फुड आर्ट डिस्प्ले र फोटो फ्रेन्ड्ली डिजाइन क्षेत्रहरु समावेश हुनेछ ।यस्तै एक्स्पोमा १०० भन्दा बढी स्टलहरु रहेन छन् । जहाँ जुत्ता, कपडा, चिया, क्राफ्ट, साबु, मसला, मह, अचारलगायतका नेपाली उत्पादनका ब्राण्डहरु रहने छन् । विभिन्न कलेज तथा विद्यालयका विद्यार्थीहरुबाट स्टार्टअप आइडिया पिचिङ, कविता वाचन, प्रेरणादायी भाषणा र नवप्रवर्तन परक प्रस्तुतीहरु हुने आयोजकले जनाएको छ ।

कार्यक्रम अवधिमा तीन दिन तीन फरक विषयमा युवामुखी प्यानल छलफलहरु चलाइने मञ्चका पूर्व अध्यक्ष सूर्यभक्त अधिकारीले जानकारी दिए ।युवा उद्यमी मञ्चले सन् २०१७ देखि चितवन महोत्सव भित्र एउटा अंशको रुपमा मेड इन नेपाल एक्स्पो आयोजना गर्दै यसको सुरुवात गरेको थियो । तीन वटा संस्करणपछि अहिले छुट्टै वृहत एक्स्पोको रुपमा यो कार्यक्रमको आयोजना गरिएको पूर्व अध्यक्ष निरञ्जन न्यौपानेले बताए । उनले विगतमा गरेको माया जस्तै यसवर्ष पनि माया गर्न सबैमा आह्वान गरे ।

यसपटक एक्स्पोमा ‘मेड इन भरतपुर’ नामक विशेष क्षेत्रमार्फत भरतपुरका स्थानीय उत्पादनहरुको प्रवद्र्धन समेत गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली