२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा खुला दिसामुक्त घोषणासँगै सुस्तायो सरसफाइ

२१ श्रावण २०७४, शनिबार ०४:२५

साउन २१, रोल्पा । विसं २०७२ पुस ९ गते जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएपछि अभियान सुस्ताएको छ । 

जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले आव २०७३/७४ को असार मसान्तभित्र जिल्लाका साबिक पाँच वडालाई पूर्ण सरसफाइ घोषणा गरे पनि तोकिएको समयमा पूर्णसरसफाइ घोषणा नभएपछि जनतामा आशंका देखिएको छ । 

स्थानीय तहको निर्वाचनमा सबैको ध्यान जाँदा तोकिएको समयमा पूर्णसरसफाइ वडा घोषणा गर्न नसकिएको जिल्ला समन्वय समितिका सरसफाइ फोकल पर्सन दामोदरप्रसाद सुवेदीले बताउनुभयो । 

जिसस, खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय तथा सरसफाइका क्षेत्रमा क्रियाशील गैरसरकारी संस्था र परियोजनाले जिल्लामा पूर्णसरसफाइको काम गरिरहेको बताइएको छ । पूर्णसरसफाइका विषय तथा सूचकका बारेमा सचेतीकरण गर्ने काम भइरहेको सरसफाइ सबडिभिजन कार्यालयकास्रोत व्यक्ति डिल्लीराज न्यौपानेले जानकारी दिनुभयो । 

वर्षात् सकिनेबित्तिकै घर्तीगाउँ, ओत, भावाङ, रांसी, ह्वामा, घोडागाउँ र गुम्चालका १० वडालाई पूर्णसरसफाइमुक्त वडा घोषणा गर्ने तयारी भइरहेको छ । 

जिल्लालाई खुला दिसामुक्त गरिएसँगै झाडापखाला, आउँ, कमलपित्तलगायत बिरामीको संख्या घटेको बताइएको छ । स्वास्थ्यमा सुधार हुनाका साथै गाउँघरमा दिसा देखिन छाडेको न्यौपानेले बताउनुभयो । 

सदरमुकामलगायत बजार क्षेत्रमा निर्माण गरिएका शौचालयको प्रयोग र व्यवस्थापनमा देखिएको समस्या एवं बजार क्षेत्रमा खुला ठाउँमा देखिने दिसाले भने अभियानमाथि नै प्रश्न उठाउन सक्ने बताइएको छ । 

स्वच्छता समन्वय समितिले जिल्लास्तरीय पूर्णसरसफाइ रणनीतिक योजना तयार गरी कार्यान्वयन गरिरहेको छ । जिल्लालाई खुला दिसामुक्त घोषणा गरेसँगै सुस्ताएको सरसफाइ अभियानले नयाँ जनप्रतिनिधि पाएसँगै तीव्रता पाउने अपेक्षा गरिएको छ । जिल्लालाई सन् २०२२ भित्र पूर्णसरसफाइमुक्त जिल्ला घोषणा गर्ने लक्ष्य राखिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य