2026-09-19 06:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा खुला दिसामुक्त घोषणासँगै सुस्तायो सरसफाइ

साउन २१, रोल्पा । विसं २०७२ पुस ९ गते जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएपछि अभियान सुस्ताएको छ । 

जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले आव २०७३/७४ को असार मसान्तभित्र जिल्लाका साबिक पाँच वडालाई पूर्ण सरसफाइ घोषणा गरे पनि तोकिएको समयमा पूर्णसरसफाइ घोषणा नभएपछि जनतामा आशंका देखिएको छ । 

स्थानीय तहको निर्वाचनमा सबैको ध्यान जाँदा तोकिएको समयमा पूर्णसरसफाइ वडा घोषणा गर्न नसकिएको जिल्ला समन्वय समितिका सरसफाइ फोकल पर्सन दामोदरप्रसाद सुवेदीले बताउनुभयो । 

जिसस, खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय तथा सरसफाइका क्षेत्रमा क्रियाशील गैरसरकारी संस्था र परियोजनाले जिल्लामा पूर्णसरसफाइको काम गरिरहेको बताइएको छ । पूर्णसरसफाइका विषय तथा सूचकका बारेमा सचेतीकरण गर्ने काम भइरहेको सरसफाइ सबडिभिजन कार्यालयकास्रोत व्यक्ति डिल्लीराज न्यौपानेले जानकारी दिनुभयो । 

वर्षात् सकिनेबित्तिकै घर्तीगाउँ, ओत, भावाङ, रांसी, ह्वामा, घोडागाउँ र गुम्चालका १० वडालाई पूर्णसरसफाइमुक्त वडा घोषणा गर्ने तयारी भइरहेको छ । 

जिल्लालाई खुला दिसामुक्त गरिएसँगै झाडापखाला, आउँ, कमलपित्तलगायत बिरामीको संख्या घटेको बताइएको छ । स्वास्थ्यमा सुधार हुनाका साथै गाउँघरमा दिसा देखिन छाडेको न्यौपानेले बताउनुभयो । 

सदरमुकामलगायत बजार क्षेत्रमा निर्माण गरिएका शौचालयको प्रयोग र व्यवस्थापनमा देखिएको समस्या एवं बजार क्षेत्रमा खुला ठाउँमा देखिने दिसाले भने अभियानमाथि नै प्रश्न उठाउन सक्ने बताइएको छ । 

स्वच्छता समन्वय समितिले जिल्लास्तरीय पूर्णसरसफाइ रणनीतिक योजना तयार गरी कार्यान्वयन गरिरहेको छ । जिल्लालाई खुला दिसामुक्त घोषणा गरेसँगै सुस्ताएको सरसफाइ अभियानले नयाँ जनप्रतिनिधि पाएसँगै तीव्रता पाउने अपेक्षा गरिएको छ । जिल्लालाई सन् २०२२ भित्र पूर्णसरसफाइमुक्त जिल्ला घोषणा गर्ने लक्ष्य राखिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई