ताराबहादुर महत/साउन २१, दोलखा । राजनितिक आस्थाका आधारमा विभिाजित हुँदा मानव अधिकार उल्लंघनको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ताराबहादुर महत/साउन २१, दोलखा । राजनितिक आस्थाका आधारमा विभिाजित हुँदा मानव अधिकार उल्लंघनको "/>

२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

राजनितिक आस्थामा विभाजित हुँदा काम गर्न सकिएन: मानवअधिकारकर्मी

२०७४, २१ श्रावण शनिबार ०७:०१


ताराबहादुर महत/साउन २१, दोलखा । राजनितिक आस्थाका आधारमा विभिाजित हुँदा मानव अधिकार उल्लंघनको विरुद्धमा आवाज उठाउन नसकिएको दोलखाका मानव अधिकारकर्मीहरुले स्वीकार गरेका छन ।

एमनेष्टी इन्टरनेशनल नेपाल समुह–३८, दोलखाद्वारा आज चरिकोटमा आयोजित जिल्लाको मानव अधिकारको अवस्था विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्नुहुँदै मानवअधिकारकर्मीहरुले आफूहरुमाथि राजनितिक आवरण लागेकोले राम्रोसँग काम गर्न नसकेको बताएका हुन । कार्यक्रममा बोल्नुहुँदै मानवअधिकारवादी संस्था हुराडेक नेपाल, दोलखाका अध्यक्ष होम पाठकले भन्नुभयो; ‘पहिले द्वन्द्वकालिन समयमा जिल्लाका सवै मानवअधिारकर्मीहरुसँगै मिलेर काम गथ्र्यौ, जब देशमा गणतन्त्र आयो हामी पनि राजनितिक आस्थाका आधारमा विभाजित भयौं र एकले गरेको काम अर्कोले राजनितिक आँखाले हेर्ने संस्कार बस्यो । अब फेरि पनि हामी मिलेर काम गर्नुपर्छ, त्यसको लागि म तयार छु ।’ त्यसैगरी इन्सेक दोलखाका प्रतिनिधि उद्धवप्रसाद पोखरेलले पनि राजनितिक आवरणबाट बाहिर आएर काम गनुपर्ने बताउनु भयो ।

सामुदायिक रेडियो प्रशारक संघ (अको¥याब) नेपालका कोषाध्यक्ष लक्ष्मण खड्काले गत स्थानिय निर्वाचनको प्रसङ्ग उठान गर्नुहुँदै दोलखाका निर्वाचनताका धेरै मानवअधिकार उल्लंघनका घटना भएको र यसबारेमा राजनितिक दलका नेताहरु बेलैमा सचेत नभए नेताहरुकै सुरक्षामा समेत चुनौति देखिएको बताउनुभयो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले मानव अधिकारको सम्मान गर्न सकेमात्र समाजको उन्नति हुने बताउनुभयो । त्यसैगरी उहाँले आफ्नो कार्यालयमा रहेका थुनुवाहरुलाई मानवअधिकारको प्रत्याभुति दिलाउन भरपुर प्रयास गर्ने पतिबद्धता जनाउनु भएको छ ।

एमनेष्टी इन्टरनेशनल नेपाल समुह–३८, दोलखाले आफ्नो आठौं बार्षिक साधारणसभा उद्घाटन कार्यक्रमको सन्दर्भमा जिल्लाको मानव अधिकारको अवस्था विषयक अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको हो । उद्घाटन सत्र एमनेष्टी इन्टरनेशनल नेपाल समुह–३८, दोलखाका कार्यवाहक संयोजक श्याम खतिवडाको अध्यक्षतामा सम्पन्न भएको छ । साधारण सभाको बन्द सत्रले आजै संस्थाको कार्यसमिति पुर्न गठन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ