साउन २१, नुवाकोट । अबिरल वर्षाका कारण फलाखु खोलामा आएको बाढीले नुवाकोट र रसुवा जोड्ने ऐतिहासिक महत्व बोकेको झोलुङ्गे पुल बगाएको छ ।

बाढीले पुल बगाएर ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २१, नुवाकोट । अबिरल वर्षाका कारण फलाखु खोलामा आएको बाढीले नुवाकोट र रसुवा जोड्ने ऐतिहासिक महत्व बोकेको झोलुङ्गे पुल बगाएको छ ।

बाढीले पुल बगाएर ज"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोट–रसुवा जोड्ने झोलुङ्गे पुल बगायो

२१ श्रावण २०७४, शनिबार ०८:३४


साउन २१, नुवाकोट । अबिरल वर्षाका कारण फलाखु खोलामा आएको बाढीले नुवाकोट र रसुवा जोड्ने ऐतिहासिक महत्व बोकेको झोलुङ्गे पुल बगाएको छ ।

बाढीले पुल बगाएर जमिन कटान गरेपछि एकदर्जनभन्दा बढी घर जोखिममा परेका छन् । फलाखु खोलामा शुक्रबार राति आएको बाढीले नुवाकोट तर्फको जगमा क्षति पु¥याएपछि पुल बगाएको हो ।

नुवाकोटको साविक गेर्खु– ९ र रसुवाको लहरेपौवा– १ स्थित बेत्रावतीमा रहेको सो झोलुङ्गे पुलको जगको पिल्लरमा बाढीले क्षति पु¥याएपछि नुवाकोटतर्फ पुलको संरचना चुडिएको हो । झोलुङ्गे पुल बगाए पनि नजिकै पक्की पुल भएकाले दुई जिल्लाको आवतजावत कायमै रहेको बेत्रावतीमा क्रियाशील गोसाईंकुण्ड युवा क्लबका कोषाध्यक्ष शशी डंगोलले जानकारी दिनुभयो ।

स्कटल्याण्ड सरकारबाट नेपाललाई तीनवटा पुल निर्माणमा पु¥याएको सहयोग कार्यक्रममार्फत विस २००४ मा निर्माण भएको उक्त पुलले नेपाल र चीनबीचको पद्मार्गको सम्पर्क विस्तारमा सहयोेग पु¥याएको थियो ।

यो पुल रसुवा जिल्लालाई बाहिर जिल्लासँग जोड्ने पहिलो पुल हो । उक्त पुलको निर्माणपछि रसुुवाको रसुवागढी हँुदै चीनको केरुङ बजारसम्मको व्यापार फस्टाएको थियो ।

बाढीले पुलको जग बगाएर जमिन कटान गरेपछि गेर्खु– ९ का विष्णुबहादुर डंगोल, पूर्णलाल डंगोल, चन्द्रबहादुर डंगोल, कान्छी केसीलगायत एक दर्जनभन्दा बढी घर जोखिममा रहेको छ ।

पहिरोले घर बगाउन थालेपछि तीन घरधुरी विस्थापित

महाकालीस्थित कुखुेरमा गएको पहिरोले तीन घरपरिवारलाई विस्थापित बनाएको छ ।

शिवपुरी गाउँपालिका– ५ साविक महाकाली गाविस– ८ कुखुेरका देवीबहादुर थापा, उहाँका छोरा लेखबहादुर थापा र छिमेकी गंगाबहादुर थापाको घर पहिरोका कारण जोखिममा परेका हुन् । उनीहरुले तलबाट बग्दै आएको पहिरोले घर नै बगाउन थालेपछि सुरक्षित स्थानमा स्थान्तरण तथा आवास व्यवस्थापनको माग गरेका छन् ।

गएको असार महिनामा घरभन्दा तल हँुदै अव्यवस्थित रुपमा गरिएको सडक विस्तारका कारण पहिरो जाँदा उनीहरुको घर जोखिममा परेका हुन् । पहिरोले तीनवटै घरको आगन बगाएको छ भने घरको जगसमेत चर्केर बग्ने अवस्थामा पु¥याएपछि घर छाडेर उनीहरु शुक्रबारदेखि अन्यत्र बस्न थालेका छन् ।

शिवपुरी गाउँपालिकाको केन्द्र रहेको स्थान शेराबगरबाट डाँडाकटेरी–चालिसे– कुखुरे– नेपाने– मानेभञ्याङ हँुदै राउतवेँशीसम्म पुग्ने सडकको प्राविधिक जाँच नगरी जथाभावी सडक विस्तार भएकाले पहिरो बगेर बस्ती जोखिममा पु¥याएको पीडित देवीबहादुर थापाले बताउनुभयो ।

पछिल्लो दिनमा जारी रहेको अबिरल वर्षाले सडक विस्तार गरेको स्थानबाट बगेको पहिरोले देवीबहादुरको गोठ बगाएर घरको जगको धाँजा फाटेपछि सुरक्षित स्थानमा स्थानन्तरणको व्यवस्था मिलाउन उहाँसहित तीनवटै घरपरिवारले शिवपुरी गाउँपालिकाको कार्यालयमा निवेदन दिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो