2026-11-01 09:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

विष्णुप्रसाद पौडेलले एमालेलाई कमजोर बनाउने प्रतिक्रियावादीको योजना चिर्नु सबै कार्यकर्ताको दायित्व हो भने

काठमाडौँ | नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले व्यवस्थाको कमजोरीलाई छोपेर प्रतिगामी तत्त्वहरूले टाउको उठाएको तर पहिलोपटक नै परास्त भएको बताएका छन् । उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका पौडेलले एमालेद्वारा शुक्रवार बुटवलमा आयोजित जागरण सभामा बोल्दै दरबारियाहरू कहिले पनि जनतासँग काम नगरेको र सधैँ अराजकतामा रमाउन खोजेको दृष्टान्त तीनकुनेमा देखिएको बताए ।

‘एक झट्कामा उनीहरूको चरित्र पर्दाफास भएको छ तर फेरि पनि उनीहरूले टाउको उठाउन सक्छन्, त्यस समयमा हामी फेरि सचेत हुनुपर्नेछ उनले भने । संविधानको विरोधमा अनर्गल प्रचार गर्ने, नेपालीको एकताको अभियानमा खण्डित बनाउनेसँग सचेत हुनुपर्नेछमा उनले जोड दिए । दरबारियाहरू आफ्नो स्वार्थमा केन्द्रिकृत हुन्छन्, अहिले एमालेलाई कमजोर बनाउन त्यहीँ शक्ति लागेका छन्, एमालेविरूद्वको प्रहार हो, केपी ओलीविरुद्धको प्रहार हो’, उनले भने, ‘एमालेलाई कमजोर बनाउने प्रतिक्रियावादीको योजना चिर्नु सबै कार्यकर्ताको दायित्व हो ।

नेकपा एमाले केन्द्रीय सचिव तथा लुम्बिनी इन्चार्ज पद्यमा अर्यालले पार्टी नेतृत्वलाई बदनाम गर्ने प्रयास भइरहेको चर्चा गर्दै त्यस्ता प्रयास असफल बनाउन पार्टीको सिंगो पंक्तिले प्रधानमन्त्रीलाई साथ दिनुपर्ने धारणा राखिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द