सरोज यादव/साउन २१, सर्लाही । सर्लाहिको हरिवन न.पा ५ स्थित घुर्कौलीमा गएराती सर्पले डसेर एकजनाको ज्यान गएको छ । शुक्रवार आफ्नै निवासमा राती सुतिरहेको अवस्थामा घुर्कौलीका समिन सेखका छोरा सेख साहिवलाई गोमन सर्पले डसेको थियो ।
सर्पले डसेलगतै उपचारका लागि सर्पदंश उपचार केन्द्र नवलपुर लगिएको थियो । तर अस्पतालले औषधी नभएको भन्दै रेफर गरि विरगंजको नारायणी उपक्षेत्रीय अस्पताल पठाएको थियो ।
तर, लैजादै गर्दा बाटैमा मृत्यु भैसकेको उनका बाबु समीम शेषले भने । ११ वर्षिय छोराको सर्पको टोकाईबाट ज्यान गएपछि अहिले उनको घरमा रुवावासी नै चलेको छ । बालकको ज्यान गएपछी गाउनै सोकमग्न बनेको छ ।
सर्लाहीको नवलपुरमा सर्पदन्स उपचारको सेवाकेन्द्र करिव चार साल अगाडि देखिनै सन्चालनमा आईसकेको छ । तर अहिले सम्म उपचारका लागि प्रभावकारी बन्न सकेको छैन ।
अहिले गर्मी मौसममा सर्पको बिगबिगी बढेको कारण सर्पको टोकाईको चाप बढे पनि सर्पदंश उपचार केन्द्रमा आइसियु सहितको उपचारको ब्यबस्था नहुदा सर्पले टोकेका बिरामीको अकालमा ज्यान जाने गरेको छ ।