पर्वत । तीज नजिकिदै छ, तीज नजिकैसँगै नारीहरुको जमघट र दरखाने कार्यक्रमहरु पनि ठाउँठाउँमा शुरु हुन थालिसकेका छन् । रेडियो, टेलिभिजनहरुमा पनि तिजका गितहरुले यतिबेला डेरा जमाइरहेका छन् । पछिल्लो समयमा महिलाहरुको चाडका रुपमा मानिने हरितालिका तिज पर्व निकै भड्कीलो र महङ्ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । तीज नजिकिदै छ, तीज नजिकैसँगै नारीहरुको जमघट र दरखाने कार्यक्रमहरु पनि ठाउँठाउँमा शुरु हुन थालिसकेका छन् । रेडियो, टेलिभिजनहरुमा पनि तिजका गितहरुले यतिबेला डेरा जमाइरहेका छन् । पछिल्लो समयमा महिलाहरुको चाडका रुपमा मानिने हरितालिका तिज पर्व निकै भड्कीलो र महङ्ग"/>
३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

दिदीबहिनीलाई दर, माघवलाई सहयोग

२२ श्रावण २०७४, आईतवार ०२:२४

पर्वत । तीज नजिकिदै छ, तीज नजिकैसँगै नारीहरुको जमघट र दरखाने कार्यक्रमहरु पनि ठाउँठाउँमा शुरु हुन थालिसकेका छन् । रेडियो, टेलिभिजनहरुमा पनि तिजका गितहरुले यतिबेला डेरा जमाइरहेका छन् । पछिल्लो समयमा महिलाहरुको चाडका रुपमा मानिने हरितालिका तिज पर्व निकै भड्कीलो र महङ्गो हुदै गएको छ । संस्कार र परम्परालाई मनाउने नाउमा विकृति विंसंगती पनि देखा परिरहेका छन् । तीजका गितहरुमा पनि मौलिकता हराएका छन् । कतिपय ठाउँहरुमा तीज पर्वलाई पर्वका रुपमा मात्रै नभइ सद्भाव, सहयोग गरी अरुको दुखमा मलम लगाएर पनि मनाउने गरेको पाइन्छ । समाज परिर्वतनका लागि तीजलाई महङ्गो र भड्कीलो नभइ सहयोगी बनाउन जरुरी छ । यसैविच  सामाजिक क्षेत्रमा निरन्तर रुपमा काम गर्दे आईरहेको सिसेफ महिला समुहले शनिबार दरखाने तथा सहयोग हस्तान्त्रण कार्यक्रम सम्पन्न गरेको छ । 

संस्थाले एक कार्यक्रमको आयोजना गरी आफ्नै सभाहलमा जिल्लाका नव निर्वाचित महिला जनप्रतिनीधि तथा जिल्लामा बिभिन्न संघसंस्थामा आबद्ध महिला दिदीबहिनीहरुलाई एकै ठाउँमा भेला गराएर खुसी साटासाट गरी दर खुबाएको हो । सो अबसरमा गत साल गोरुले मारेर ढाडको नशा चुडिएर हिडडुल गर्ने नसक्ने कुश्मा नगरपालिका २ खुर्कोट निबासी माधब गिरीलाई सहयोग हस्तान्त्रण गरिएको थियो । संस्थामा आबद्ध सदस्यहरु तथा अन्य सहयोगि मनहरुबाट संकलीत जिन्सी सामान तथा नगद गरी झण्डै ४० हजार मुल्य बराबरको सामाग्री माधब      गरीको श्रमिती पार्बती गिरीलाई हस्तान्त्रण गरिएको हो ।

Image may contain: 11 people, people smiling, people standing and people sitting

  कार्यक्रममा बोल्दै प्रमुख अतिथी फलेबास नगरपालिकाका नगर उपप्रमुख मञ्जु अधिकारीले महिला सशक्तिकरणको सन्देश वोकेको नेपालीहरुको महान् चाड तीजलाई महिला अधिकार र सशक्तिकरणको चाडका रुपमा मनाउनुपर्नेमा जोड दिइन् । 

उनले पछिल्लो समयमा तीजे भाकाका नाउमा रत्यौली र दोहरी गीत सँगै विकृति विसंगति भित्रिएको प्रति चिन्ता व्यक्त गर्दे कुसंस्कारलाई निरुसाहित गरि अव सुसंस्कारको बिकास गनुपर्ने समय आएको बताइन् । समाज परिर्वतनका लागि सिसेफ महिला समुहले तीज पर्वलाई खाने र रमाउने मात्रै नभइ सहयोग गर्ने जून भावनाको विकास गरेको छ त्यसको अनुसरण अन्य संघसंस्थाले समेत गर्नुपर्नेमा उनको जोड थियो । 

Image may contain: 4 people, people standing

दर खानेमात्रै होइन, सहयोगी बनौ र मनवता देखाऔ भन्ने उनको जोड थियो । कार्यक्रममा सहभागिहरुले चाडपर्वलाई तड्क भड्क नगरी अफ्नो क्षमता अनुसार मनाउनुपर्नेमा जोड दिएका थिए ।

कुस्मा नगरपालिका वडा ५ कि अध्यक्ष चित्रकला भारतीले सिसेफ समुहले संचालन गरेको सूचना केन्द्रलाई निरन्तर संचालन गर्न र प्रभावकारी बनाउको लागि आफूले सहयोग गर्ने बताइन् ।

उनले सिसेफले जिल्लाको पर्यटन क्षेत्रको विकास गर्नको लागि जून कार्य गरेको छ त्यसको अनुसरण अरु संस्थालेपनि गर्नुपर्ने भन्दै आफूले ययमा वडा ५ को तर्फदेखि सहयोग गर्ने बताइन् । उनले निरन्तर सूचना प्रवाह र संकलन गर्नको लागि वडास्तरबाट आवश्यक बजेट विनियोजन गर्नको लागि पहल गर्ने बताइन ।

सिसेफ महिला समुहकी अध्यक्ष ईश्वरी पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिब कामना रेग्मीले गरेकी थिइन् ।

Image may contain: 13 people, people smiling, people standing

Image may contain: 7 people, people standing



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता