पर्वत । महिलाहरु सक्षम नहुदाँ हिंसाका शिकार हुने गरेका छन् । समय सापेक्ष हातमा शिप, दक्षता नभएकै कारण महिलाहरु सामाजिक, आर्थिक, मानसिक, बैद्धिक रुपमा हिंसाको शिकार बन्नुपर्ने बाध्यता छ । विकासोन्मुख देश नेपाल त्यसमा ग्रामिण र वि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । महिलाहरु सक्षम नहुदाँ हिंसाका शिकार हुने गरेका छन् । समय सापेक्ष हातमा शिप, दक्षता नभएकै कारण महिलाहरु सामाजिक, आर्थिक, मानसिक, बैद्धिक रुपमा हिंसाको शिकार बन्नुपर्ने बाध्यता छ । विकासोन्मुख देश नेपाल त्यसमा ग्रामिण र वि"/>
२०८२, २६ चैत्र बिहीबार
पर्बत - PBT

मोदी गाउँपालिमा हिंसा न्युनिकरण तालिम शुरु

२०७४, २२ श्रावण आईतवार ०२:२८

पर्वत । महिलाहरु सक्षम नहुदाँ हिंसाका शिकार हुने गरेका छन् । समय सापेक्ष हातमा शिप, दक्षता नभएकै कारण महिलाहरु सामाजिक, आर्थिक, मानसिक, बैद्धिक रुपमा हिंसाको शिकार बन्नुपर्ने बाध्यता छ । विकासोन्मुख देश नेपाल त्यसमा ग्रामिण र विकट क्षेत्रका महिलाहरु अझै पनि विभिन्न प्रकारका हिंसाका शिकार बन्ने गरेका छन् । महिलाहरुलाई आत्मानिर्भरका साथै आर्थिक रुपमा सक्षम बनाउनको लागि  नेपाल सरकारले महिला तथा बालबालिका कार्यालय मार्फत विभिन्न गतिविधिहरु संचालन गर्र्दै आइरहेको छ ।

यसैविच जिल्लाको मोदी गाउँपालिकामा लैङ्गिकतामा आधारीत हिसा न्युनिकरण सम्बन्धी ७ दिने तालिम शुरु भएको छ । बिहिबार देखि शुरु भएको तालिम ७ दिन सम्म जारी रहने छ । जनकल्याण महिला बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड मोदि ६ तिलाहारले आयोजना गरेको तालिमको महिला तथा बालबालिका कार्यलय पर्बतले सहयोग      गरेको छ । लैङ्गिक हिसां अन्त्य गरौ, सभ्य समाजको निमार्ण गरौ भन्ने उदेश्यका साथ शुरु भएको तालिमको बिहिबार मोदी गाउँपालिका उपाध्यक्ष सेति महतले उद्धघाटन गरेकी हुन् । उद्धघाटन कार्यक्रममा बोल्दै उनले महिला हिसाँ न्युनिकरण गर्न पुरुषलाई पनि संगै लैजानु पर्ने बताइन् ।

 उनले जसले समाजमा       सकारात्मक परिवतर्नका लागी सहयोग गर्छ, समाजमा सहयोगी र राम्रा पुरुष पनि भएका कारण पुरुषलाई पनि सगै लैजान सके हिसा न्युनिकरण हुने उनको भनाई थियोे । उनले यसका लागी घर समाज बाटै हामी हिसा गर्दैनौ हिसा सहेर बस्दैनौ भनी प्रतिबद्धता हुुनु पर्ने समेत उनले जिकिर गरिन् । कार्यक्रममा बोल्दै वडा नम्बर ६ का वडा अध्यक्ष बिमल लामिछानेले महिला हिसा न्युनिकरण नभए सम्म गाउ समाजको विकास हुन नसक्ने भन्दै हिसा न्युनिकरण रोक्न सबै एक हुनुपर्ने बताए । महिला हिसाँ मानव निर्मित विभेद भएकाले यसको अन्त्य गर्न जरुरी रहेको उनले बताए । उनले आर्थिक रुपमा महिला सक्षम भएमा पनि हिसा सहनु नपर्ने बताए । तालिममा सहभागिहरुले तामिलबाट महिला हिसा न्युनिकरणका लागी आफुहरुले गाउ समाजमा उल्लेख्य भुभिका खेल्न सक्ने विश्वास लिएका छन् । तालिममा जनकल्याण महिला बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आबद्ध शेयर सदस्यहरुको उपस्थिती रहेको छ । जनकल्याण महिला बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड का अध्यक्ष कमला लामिछानेको अध्यक्षतामा सम्पन कार्यक्रमको सञ्चालन सचिब बिष्णु रिमालले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित