२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

बर्दिया राष्ट्रिय निकुञ्जबाट रेस्कुका लागि डोटी आएको टोली असफल

२१ बैशाख २०७३, मंगलवार ०५:१७

प्रकाश बम/ बैशाख २१, डोटी ।

– फेरी पनि चितुवाको आक्रमबाट एम महिला घाईते ।
– अहिले सम्म एक को मृत्यु,३ महिला घाईते ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट रेस्कुका लागि डोटी आएको टोली चितुवालाई पक्रन नसकेपछि सोमबार फिर्ता भएको छ । पहाडी जिल्लामा समात्न सम्भव नहुने भएपछि शुक्रबार आएको टोली सोमबार गएको इलाका प्रहरीकार्यालय दिपायलका प्रमुख भिम बहादु मल्लले जानकारी दिए ।

तिन जनाको टोलीले बिभिन्न तरीका अपानाउदा पनि सफल नभएपछि आफुहरुलाई बोलाएको भन्दै उनि गएको जनाइएको छ ।
सोमबार मात्रै फेरी एक जना महिला चितुवाको आक्रमणमा परेकि छन् । तल्लो घरबाट मल्लो घरजाने क्रममा अमर कोट भन्ने ठाउमा कपल्लेकी–७ बस्ने ५६ वर्षिया अमृता बोगटीमाथि चितुवाले आक्रमण गरेको हो । बाटोमा खोल्चा परेको र त्यहि खोल्चामा चितुवा लुकेर बसेको अवस्थामा आक्रमण गर्दा पछाडीबाट स्थानियले हो हल्ला गरेपछि बाँच्न सफल भएको उनले बताईन् । आक्रमण गर्दा उनको दाहिने खुट्टामा चोट लागेको ईलाका प्रहरी कार्यलयका प्रमुख मल्लले बताए ।

यसअघि पनि नजिकै रहेको कुलपातेमा चितुवाकै आक्रमणबाट एकजना भारतिय नागरिकको मृत्यू भएको थियो भने दुई महिला माथि आक्रमण समेत गरेको थियो । यी चार वटै घटनामा संलग्न एकै चितुवा रहेको स्थानीयले आशंका गरेका छन् ।

यसरी दिनदाहडै चितुवाले मानिस र घरपालुवा जनवारलाई आक्रमण गर्दा स्थानियमा सन्त्रास फैलिएको छ । पछिल्लो केहि दिन यता प्रहरीले रातभर सो स्थानमा गस्ति समेत गर्ने गरेको मल्लले बताए ।

यस बिषयमा प्रमुख जिल्ला अधिकारी केशब प्रशास आचार्यलाई सोध्दा म बाहिर गएको थिए , जिल्ला बन कार्यालयका प्रमुख लगाएत सबै सँग सल्लाह गरेर मात्र जानकारी दिने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह