साउन २२, काठमाडौँ । ‘गोर्खाल्याण्ड’ आन्दोलनमा दमनका लागि चरणवद्ध प्रयास गरिरहेको ममता व्यनर्जी नेतृत्वको बंगाल सरकारले आन्दोलनको अग्रमोर्चामा रहेको गोर्खा ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २२, काठमाडौँ । ‘गोर्खाल्याण्ड’ आन्दोलनमा दमनका लागि चरणवद्ध प्रयास गरिरहेको ममता व्यनर्जी नेतृत्वको बंगाल सरकारले आन्दोलनको अग्रमोर्चामा रहेको गोर्खा ज"/>

२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘गोर्खाल्याण्ड’ आन्दोलन: अग्रमोर्चामा रहेका नेताहरुलाई पक्रन सुरु

२०७४, २२ श्रावण आईतवार ०२:४४


साउन २२, काठमाडौँ । ‘गोर्खाल्याण्ड’ आन्दोलनमा दमनका लागि चरणवद्ध प्रयास गरिरहेको ममता व्यनर्जी नेतृत्वको बंगाल सरकारले आन्दोलनको अग्रमोर्चामा रहेको गोर्खा जनमुक्ति मोर्चाको नेताहरुलाई पक्रन थालेको छ। 

बंगाल सरकारले निगरानीमा राखेको २३ भन्दा बढी मोर्चाका नेता मध्ये तल्लो तहका नेताहरुलाई पक्रन शुरु गरेको हो।

भारतीय प्रहरीले पूर्व सभासद नर्वुजी लामालाई शुक्रबार मध्यरातमा सिलिगुडीबाट पक्राउ गरेको गोर्खा जनमुक्ति मोर्चाकी महिला नेतृ निरा शर्माले बताइन्।

उनले बंगाल सरकारको निशानामा दोस्रो र तेस्रो तहका नेताहरु पर्न थालेको भन्दै आफूहरु पनि असुरक्षित बन्दै गएको बताइन्।

बंगाल सरकारले लामालाई भानु भवनमा आक्रमण गरेको सहितका २५ मुद्दा लगाएको छ। आन्दोलनका क्रममा पहाडमा दर्जनौ सरकारी भवन, प्रहरी चौकी र सार्वजनिक संरचनामा क्षति पुगेको छ।

घटनाको छानविनका लागि सरकारले जासुस परिचालन गरेको शर्माले जानकारी दिइन्। लामालाई शनिबार नै जिल्ला अदालत सिलिगुडीमा उपस्थित गराइएको छ।

मोर्चाको सुकुना पानीघट्टा क्षेत्रका अध्यक्ष रमेश श्रेष्ठको घरमा पनि प्रहरी र सिआरपिएफको समुहले खानतलासी गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन्।

श्रेष्ठले तृणमुल कांग्रेसका स्थानीय नेताको सुराकीमा खानतलासी भएको आरोप लगाएका छन्।

अहिलेसम्म ११ जनाले ज्यान गुमाई सकेको गोर्खाल्याण्ड आन्दोलनमा २५ भन्दा बढी घाइतेको अवस्था चिन्ताजनक रहेको विषयमा खास गम्भिर नदेखिएको बंगाल सरकारले मोर्चा विरुद्ध चालेको अर्को कदमलाई गम्भिरताका साथ लिएको शर्माले बताइन्।

१६ दिन देखि अनशनमा बसेका १२ जना युवाको अवस्था चिन्ताजनक बनेपनि बंगाल सरकारले उनीहरुको जीवनप्रति वास्ता नगरेको विद्यार्थी मोर्चाका प्रवक्ता सन्दिप क्षेत्रीले आरोप लगाए।

दार्जिलिङमा नोरजेन डुक्पा,अमित सुब्बा र राकेश क्षेत्री, कालेबुङमा राजु विश्वकर्मा, सागर दियाली र अजित रोक्का, मिरिकमा कुशल खनाल, कञ्चन क्षेत्री र धन प्रसाद सुब्बा र खरसाङमा अनोज थापा, नरेन खवास र श्रेय राई अनशन बसेका छन्। उनीहरुको मृगौलासहितको अंगमा समस्या देखिएको डक्टरहरुले बताएका छन्।

अहिलेसम्म ११ जनाले ज्यान गुमाई सकेको गोर्खाल्याण्ड आन्दोलनमा २५ भन्दा बढी घाइतेको अवस्था चिन्ता जनक छ।

१२ दिन देखि अनशनमा बसेका १२ जना युवाको अवस्था चिन्ताजनक बनेको विद्यार्थी मोर्चाका प्रवक्ता समेत रहेका सन्दिप क्षेत्रीले बताए।

दार्जिलिङमा नोरजेन डुक्पा, अमित सुब्बा र राकेश क्षेत्री, कालेबुङमा राजु विश्वकर्मा, सागर दियाली र अजित रोक्का, मिरिकमा कुशल खनाल, कञ्चन क्षेत्री र धनप्रसाद सुब्बा र खरसाङमा अनोज थापा, नरेन खवास र श्रेय राई अनशन बसेका छन्। -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट