साउन २२, काठमाडौं । साउन १२ गते अपहरणमा परेर पाँच दिनपछि मुक्त भएका बालक विवेक चौधरीको अपहरणमा संलग्न दुई मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २२, काठमाडौं । साउन १२ गते अपहरणमा परेर पाँच दिनपछि मुक्त भएका बालक विवेक चौधरीको अपहरणमा संलग्न दुई मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

म"/>

६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५० लाखका लागि यसरी गरिएको रहेछ साथीकै छोरा अपहरण

२२ श्रावण २०७४, आईतवार ०२:५३


साउन २२, काठमाडौं । साउन १२ गते अपहरणमा परेर पाँच दिनपछि मुक्त भएका बालक विवेक चौधरीको अपहरणमा संलग्न दुई मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी अपराध महाशाखाले अपहरणका मुख्य योजनाकार राजु विकलाई उदयपुर गाईघाटबाट र अर्का अभियुक्त विष्णु पाण्डेलाई रामेछाप मन्थली–१२ स्थित आफ्नै घरबाट पक्राउ गरेको हो। अनौठो त के छ भने अपहरणका मुख्य योजनाकार राजु अपहरित बालकका बाबुका बाल्यकालदेखिका साथी हुन्। 

क्षेत्रपाटी पकनाजोलस्थित सरस्वती बोर्डिङ स्कुलको गेटबाट राजुले बालक विवेकलाई अपहरण गरेर काँडाघारीस्थित एक घरमा राखेका थिए। प्रहरीका अनुसार मनग्गे पैसा असुल्ने उद्देश्यले अपहरणको योजना बनाएका राजुले मन्थलीबाट विष्णुलाई पैसा कमाउने काम भएको आश्वासन दिएर काठमाडौं बोलाएका थिए।

अपहरणको तीन दिनअघिमात्रै राजुले अनलाइन बजारबाट मोटरसाइकल भाडामा लिएका थिए। भाडाको मोटरसाइकलमा राखेर राजु विवेकलाई लिन  बोर्डिङमै पुगेका थिए। विवेकलाई बिचमा राखेर उनीहरूले काँडाघारीस्थित विष्णुको दिदीको डेरामा पुर्‍याएका थिए विष्णुले बच्चा आफ्नो साथीको छोरा भएको र उसको बाबु बिरामी परेकाले केही दिन राखिदिन अनुरोध गरेका थिए।

बच्चा लुकाएलगत्तै साथी विजयलाई भेट्न घरमै पुगेका थिए राजु। छोरा अपहरणमा परेको चिन्तामा बेहोस भएका विजयलाई उनले नै अस्पताल पुर्याए । अपहरणकारी राजुले भोलिपल्ट बालक पढ्ने स्कुलमा पुगी लापरबाही गरेको भनी झगडासमेत गर्न भ्याए।

त्यसैको भोलिपल्ट भने उनले फोनमार्फत पचास लाख रुपैयाँ दिए मात्र बच्चालाई अपहरणमुक्त गर्न सकिने भन्दै बार्गेनिङ गरेका थिए। अपहरणकारी  राजुले आफ्नाभिनाजुले प्रयोग गरेर थन्क्याइरहेको सिम मागेर त्यसैबाट विजयसँग सम्पर्क गरेको थियो।

प्रहरीले विद्यालयको गेटबाहिर र भित्र रहेको सीसीटीभी फुटेजका आधारमा अपहरणकारी बच्चासँग नजिकको मान्छे रहेको निष्कर्ष निकालेको थियो। त्यसैको आधारमा प्रहरीले राजुमाथि शंकाको सुई घुमाएको थियो। प्रहरीले चौतर्फी निगरानी बढाएपछि अपहरणकारीहरू सोमबार काठमाडौं छोडेर भागे। सोही बिहान ४ बजे बालक काँडाघारीबाट सकुशल उद्धार गरिए।

अपहरणकारी राजु र विवेकका बाबु एक कक्षादेखिका साथी हुन्। उनीहरूबीच यति नजिकको सम्बन्ध थियो कि एकअर्काका गोप्य कुरासमेत थाहा थियो। अपहरणकारी सार्वजनिक गरिनुअघि नजिकको चिनेजानेको भएको र राजु हुनसक्ने प्रहरीको शंकालाई विजयले पत्याएका थिएनन्। -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश