Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

वडा सचिवलाई कांग्रेस कार्यकर्ताको ज्यान मार्ने धम्की

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>साउन २२, काठमाडौँ । </b>जिल्लाको रामप्रसाद राई गाउँपालिका वडा–२ धोद्लेखानीका वडा सचिवलाई नेपाली कांग्रेसका कार्यकर्ता पुस्कल राईले गाली गलोजसहित ज्यान मार्ने धम्की दिएका छन् । राई स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट वडा अध्यक्षका प्रत्यासी थिए ।<br></p><p>वडा सचिवलाई ज्यान मार्ने धम्की दिइएको भन्दै वडा सचिव हकहित संरक्षण केन्द्र जिल्ला तदर्थ समितिले प्रेस विज्ञप्तिमार्फत शान्तिसुरक्षाको माग गरेको छ ।</p><p>राईले वडा सचिव सुदीप ढकाललाई कार्यालयको काम गरिरहेका बेलामा अपमानजनक गाली गलोज गर्नुका साथै ज्यान मार्ने धम्की दिएको र पटकपटक फोनबाट पनि धम्क्याएको विज्ञप्तिमा उल्लेख छ । -राजधानी दैनिक&nbsp;</p>