२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

अन्तरघातीलाई कारबाही गर्ने ओखलढुंगा कांग्रेसको निर्णय

२०७४, २२ श्रावण आईतवार ०३:०७

साउन २२, ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाले सम्पन्न स्थानीय तहको निर्वाचनमा अन्तरघात गर्ने कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको छ । निर्वाचनको समिक्षा गर्न र भावि योजना तय गर्न बसेको जिल्ला कार्यसमितिको बैठकले अन्तरघातीलाई कारबाही गर्ने निर्णय गरेको हो ।   

सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारीक उमेद्वारका विरुद्ध बागी उमेद्वारी दिने र असहयोग गर्ने नेता,कार्यकर्ता पहिचान गरेर कारबाही गर्ने निर्णय भएको कांग्रेस जिल्ला सचिव रुद्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कारबाहीका लागि सिफारीस गर्न उपसभापति तेजेन्द्र खनालको संयोजकत्वमा समिति समेत गठन गरिएको छ । उक्त समितिले अन्तरघाती पहिचान गरेर कारबाहीका लागि सिफारीस गर्ने जिम्मेवारी पाएको छ ।

सदरमुकाममा तीन दिन सम्म चलेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकमा बोल्ने करिब ५० जना नेताले कतिपय स्थानमा पार्टी पराजित हुनुको पहिलो कारण अन्तरघात भएको धारणा राखेपछि त्यस्ता व्यक्ति पहिचान गरेर कारबाही गर्नुपर्ने आवाज उठेको थियो । कांग्रेसले जिल्लाका ८ मध्ये ४ स्थानीय तहमा प्रमुख उपप्रमुख सहित बहुमत ल्याएको छ भने एक तहमा उपप्रमुख सहित बहुमत सिट जितेको छ । बहुमत भएकाले जिल्ला समन्वय समिति समेत कांग्रेसको एकलौटी हुने निश्चित छ । 

प्रदेश नंबर १ को एक मात्रै कांग्रेसले बहुमत ल्याएको जिल्ला ओखलढुंगा हो । बहुमत प्राप्त गरेको अवस्थामा पनि कार्यकर्तालाई कारबाही गर्ने विषयलाई केही कांग्रेसकै नेताहरु असान्दर्भीक भनेका छन् । भने केही नेताहरुले अन्तरघात नभएको भए जिल्लाका सबै स्थानमा जित्ने निश्चित हुँदा हुँदै पनि पार्टीले चुनाव हारेकाले अन्तरघात समाप्त पार्न कारबाही गर्ने निर्णय गरिएको प्रतिक्रिया दिएका छन् । 

कांग्रेसले यस अघि अनुशासनको कारबाही गर्ने निर्णय कार्यान्वयन गर्न नसकेको अवस्थामा यो विषयमा पार्टीले कस्तो कदम चाल्छ भन्ने चासो समेत आम कार्यकर्तामा बढेको एक नेताले बताए ।

यसैविच कांग्रेस ओखलढुंगाले स्थानीय तहका प्रमुख उमेद्वारलाई आफ्नो क्षेत्र भित्र पार्टीको नेतृत्व गर्नेगरी निर्णय गरेको छ । यो निर्णय सँगै अर्को व्यवस्था नहुँदा सम्मका लागि स्थानीय तहको निर्वाचनका उमेद््वारहरुले नै आफ्नो क्षेत्रमा पार्टीको प्रतिनिधित्व गर्ने भएका छन् । 

 बैठकले जिल्ला समन्वय समितिकोउमेद्वार छनौटका लागि जिल्ला कार्यसमितिको संयन्त्रलाई जिम्मा दिने निर्णय समेत गरेको छ । कांग्रेस ओखलढुंगाले निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै मतदाता र सहयोगिलाई धन्यवाद दिएको छ । 

भने दुई वटा शोक प्रस्ताव पारित गरेको छ । जिल्ला सचिव रुद्रप्रसाद अधिकारीका पिता पिताम्बर अधिकारीको निधन र निर्वाचनका समयमा ज्यान गुमाएका पार्टीका क्षेत्रिय सचिव कमल सुनुवारको निधन प्रति गहिरो दुख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको नेपाली कांग्रेस ओखलढुंगाले जनाएको छ ।

यसअघि जिल्लामा नेपाल एमाले ओखलढुंगाले पनि निर्वाचनमा असहयोग गर्ने कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने