२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

लक्ष्यअनुसार प्रगति हासिल हुनेगरी काम गर्न ऊर्जामन्त्रीको निर्देशन

३ बैशाख २०८२, बुधबार २१:३३

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लक्ष्यअनुसार प्रगति हासिल हुनेगरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

ऊर्जा मन्त्रालय र त्यस मातहतका उच्च कर्मचारीको आज मन्त्रालयमा बसेको बैठकमा मन्त्री खड्काले आफूले राखेको लक्ष्यको प्रगति हासिल हुनेगरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको हो । उहाँले आगामी दिनमा नयाँ कार्यक्रमलाई अगाडि बढाउने गरी काम गर्नुपर्ने बताउनुभयो ।

मन्त्री खड्काले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विपन्न वर्गका नागरिकको घरमा सौर्य ऊर्जा जडान गरेर डबल मिटरिङ गर्नसके उनीहरुको जीवनस्तरमा सुधार आउने भएकाले त्यसतर्फ सोच्नुपर्ने बताउनुभयो । उहाँले सरकारले सन् २०३५ सम्म राखेको ऊर्जा विकासको लक्ष्यलाई पूरा गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा प्रसारण लाइन निर्माणको गतिलाई तीव्रता दिनुपर्ने भन्दै निजी क्षेत्रलाई समेटेर प्रसारण लाइन निर्माणको कामलाई अगाडि बढाउनुपर्ने उल्लेख गर्नुभयो ।

मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणलाई भार परेको भन्दै सरकारले ऊर्जा क्षेत्रको विकासका लागि विभिन्न कम्पनी खडा गरे पनि उक्त कम्पनीले सोचेजस्तो काम गर्न नसकेको बताउनुभयो । उहाँले नेपाल विद्युत् प्राधिकरणलाई १० वर्षदेखि बाँकी रहेको डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउनका साथै प्राधिकरणको हालको अवस्थाबारे श्वेतपत्र जारी गर्न निर्देशनसमेत दिनुभयो । उहाँले बजेट माग्ने तर खर्च नगर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो ।

“आयोजना अध्ययन निजी क्षेत्रले चाँडो सके पनि सरकारी संयन्त्रमा भइरहेको ढिलाईले हामीलाई चिन्तित बनाएको छ, हिजो मागेको बजेटको प्रतिफल देखिएन भने आगामीका लागि कसरी माग गर्ने”, उहाँले प्रश्न गर्नुभयो । वर्षे बजेटको बहानामा बजेट सिध्याउने प्रवृत्तिको अन्त्य हुनुपर्ने उहाँको भनाइ थियो ।

मन्त्रालयका ऊर्जा सचिव सुरेश आचार्यले बजेटको सुनिश्चितता हुँदाहुँदै पनि राष्ट्रिय गौरवका आयोजनामा प्रगति हुन नसकेको बताउनुभयो । उहाँले ऊर्जा विकासका क्षेत्रमा सरकारले गरेका प्रतिबद्धता पूरा हुन नसकेको भन्दै त्रिशूली थ्री वी आयोजना, मध्यभोटेकोसी जलविद्युत् आयोजनालाई चाँडो सम्पन्न गर्नुपर्ने बताउनुभयो । आगामी आवदेखि आयोजनाका बारेमा नयाँ ढङ्गले सोच्नुपर्ने बेला आएको उहाँको भनाइ थियो ।

मन्त्रालयका जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीले तेस्रो चौमासिकसम्म आइपुग्दा काम सन्तोषजनक नभएको बताउनुभयो । गत आवको तुलनामा यस समयसम्म बजेट कम खर्च हुनु दुःखद् भएको उहाँको भनाइ थियो । उहाँले प्राप्त सिलिङभित्र बसेर आगामी आवको बजेट बनाउनुपर्ने बताउनुभयो ।

जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मधुप्रसाद भेटुवालले आयोजनाको प्राथमिकतालाई ध्यान दिएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले एकापसमा समन्वय गरेर अगाडि बढ्दा काम देखिने उल्लेख गर्नुभयो ।

छलफलमा विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंह, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक देवराज निरौला, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाललगायत मन्त्रालय मातहतका कार्यालयका प्रमुखहरुले नौ महिनामा भएको भौतिक तथा वित्तिय प्रगतीका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य