साउन २३, काठमाडौँ । सधैं भीडभाड र कोलाहल हुने यातायात ब्यवस्था कार्यलय एकान्तकुनामा एक ब्यक्ति लाईनमा उभिए ।

दायाँबाँयाँ लाईसेन्स लिन लामबद्धहरुले उनल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २३, काठमाडौँ । सधैं भीडभाड र कोलाहल हुने यातायात ब्यवस्था कार्यलय एकान्तकुनामा एक ब्यक्ति लाईनमा उभिए ।

दायाँबाँयाँ लाईसेन्स लिन लामबद्धहरुले उनल"/>

२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब मन्त्री यातायात ब्यवस्था कार्यलयमा लाइसेन्स लिन लाइनमा बसे…

२०७४, २३ श्रावण सोमबार ०१:२०


साउन २३, काठमाडौँ । सधैं भीडभाड र कोलाहल हुने यातायात ब्यवस्था कार्यलय एकान्तकुनामा एक ब्यक्ति लाईनमा उभिए ।

दायाँबाँयाँ लाईसेन्स लिन लामबद्धहरुले उनलाई आफुजस्तै सेवाग्राही ठाने । ती ब्यक्तिले सेवाग्राहीसंग लाईसेन्स लिन कति गाह्रो है तपाईको मिलाएको हो ? 

भनी एक दुई जनासंग संवाद पनि गरे । त्यसरी लाईनमा बसेर सेवाग्राहीसंग संवाद गर्ने ती ब्यक्ति यातायातमन्त्ती वीरबहादुर बलायर थिए । 

मन्त्री बलायरले दलालको चलखेल बुझ्न परिचय लुकाएर अनुगमनमा गएको बताए । म अनुगमनमा निस्केको कुरा यातायातका कर्मचारीलाई जानकारी थिएन । सेवाग्राहीले पाएको दुःख देखेर चिन्तित भएँ उनले भने ।

सुरुमा सादा पोसाकमा गएको प्रहरीको टोलीले कार्यालयअघि भेटिएका दलालसित सवारी अनुमतिपत्र बनाइदिन अनुरोध गरे। दलालले पनि ग्राहक ठानेर ‘अहिले गाह्रो छ तर मिलाउन पर सकिने’ भन्दै सम्पर्कमा बस्न अह्राए । तर, प्रहरीसहित मन्त्रीले अनुगमन गरको थाहा पाएपछि दलालको भागभाग भएको थियो।

बारम्बार सर्भर डाउन हुने र दलालको बिगबिगी बढ्न थालेपछि आफू निरीक्षणमा आएको मन्त्री बलायरले बताए । 

‘यातायात कार्यालय वरिपरि बस्ने दलाललाई हटाउन प्रहरी प्रशासनलाई निर्देशन दिएको छु,’ उनले भने, ‘कार्यालयमा जनशक्ति अभावले पनि समस्या भएको देखिन्छ ।’ उनले सरकारी निकायबीच समन्वय नहुदा भद्रगोल बनेको बताए । ‘दक्ष कर्मचारी व्यवस्थापनको पहल गर्छु,’ उनले भने। मन्त्री बलायरले आइतबार मोटरसाइकलको लाइसेन्सको काम हुने र सानाठूला सवारीको काम हुने दुवै यातायात कार्यालयमा निरीक्षण गरका थिए । यातायात कार्यँलयको सवारी अनुमतिपत्र फाटबार जानकार एक सरकारी कर्मचारीले अनुगमनलाई निरन्तरता दिनुपर्ने बताए । 

‘सवारी चालक अनुमतिपत्र बनाउने क्रममा दलाल र केही कर्मचारीको मिलेमतोमा काम हुने गरको छ,’ उनले भने, ‘यस्तो कार्यमा राजधानीका केही ड्राइभिङ सेन्टरका सञ्चालकहरूसमेत संलग्न छन्।’ अनुगमनका क्रममा कार्यालयमा चलखेल कम गर्न सीसीटीभी राखे पनि निष्क्रिय पारिएको भेटियो। कार्यालयमा ८ सीसीटीभी छन्। 

यस्तै १० रुपैया“मा पाउने एउटा दर्ता फारामको दलालले ३०, लिखित परीक्षाको नतिजा जानकारी गराइदिने भन्दै ३०, लिखित परीक्षामा आउने प्रश्नावली भन्दै केही प्रश्न दिएर ५ सयदेखि हजारसम्म लिने गरको पाइएको छ । -कान्तिपुर दैनिक 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी