लोकेन्द्र प्रशाद जोशी/साउन २३, दार्चुला । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य प्रतेक स्थानिय तहबाट सुरु गरेसंगै जिल्ला प्रसासन कार्यालय द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी/साउन २३, दार्चुला । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य प्रतेक स्थानिय तहबाट सुरु गरेसंगै जिल्ला प्रसासन कार्यालय द"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा स्थानिय तहबाटै नागरिकता बितरण हुँदा ४ दिनमा ४ सयले सेवा पाए

२३ श्रावण २०७४, सोमबार ०२:३९


लोकेन्द्र प्रशाद जोशी/साउन २३, दार्चुला । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य प्रतेक स्थानिय तहबाट सुरु गरेसंगै जिल्ला प्रसासन कार्यालय दार्चुलाले समेत नागरीकता बितरण धुम्ती टोली स्थानिय तहमा सञ्चालन गरीरहेको छ ।

नागरीकहरुले नागरीकताकोलागी मात्र जिल्ला सदरमुकाम धाउँनुपर्ने बाध्यता अन्त्यगर्नुका साथै सिंहदरवारको अधिकार गाउँ पुगको आभास दिन पनि गाउँमै गएर नागरिकता वितरण गर्नु उचित हुने भन्दै गाउँबाटै नागरीकता बितरण सुरु गरेको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताउनुभयो ।

बिहिबार मालीकार्जुन गाउँपालीकाबाट नागरीकता बितरण कार्य सुरु गरेको टोलीले ४० जनालाइ नयाँ नागरीकता बितरण गरीएको जनाएको छ ।


सुक्रबार र सनिबार गरी जिल्लाको लेकम गाउँपालीकाबाट २ सय ३२ जनालाइ नागरीकता बितरण गरीएको मा आइतबार शैल्यसिखर नगरपालीकाको गोकुलेश्वरमा ९९ जनालाइ नागरीकता बितरण गरीएको छ । अझै सेवाग्राहि बाकी भएकोले सोमबार बिहान समेत शैल्यसिखर नगरपालीकामै नागरीकता बितरण गरीने सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताउँनुभयो ।

गत असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नागरीकता नहुदा मतदाता नामावलीमा नाम छुटेका र भर्खरै मतदाता हुने उमेर पुगेका युवा देखी बृद्धसबैले अहिले धमाधम नागरिकता बनाउन आउने गरेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी सिवराज जोशीको नेतृत्वमा जिल्लाका ६ स्थानिय तहबाट घुम्तीटोलीले सेवा दीने जिल्ला प्रसासन कार्यालय दार्चुलाले जनाएको छ ।

नागरिकता सँगै फोटो सहितको मतदाता नामावली पनि अहिले सबै तहमा दर्ता तथा अद्यावधिक कार्य भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य