Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बझाङ विमानस्थल पिच गरि सुचारु गर्न माग

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

मकरराज धामी/साउन २३, बझाङ । विगत ९ बर्ष देखि बन्द भएको बझाङ विमानस्थल पिच गरि संचालनमा ल्याउनु पर्ने माग गर्दै नागरिक उडयान तथा पर्यटन विकास मन्त्री लाई माग पत्र बुझाएका छन् ।

कारोवार दैनिकमा ९ बर्ष देखि बझाङ विमानस्थल बन्द भन्ने समाचार प्रकासित भए पछि तत्कालै संचालनमा ल्याउन माग गर्दै सरोकारवालाहरुले सोमवार पर्यटन विकास मन्त्री लाई माग पत्र बुझाएका हुन ।

पर्यटन अभियन्ता तथा सुदूरपश्चिम समृद्धि मार्ग (चैनपुर–ताक्लाकोट सडक खण्ड) दबाव समुहका संयोजक किशोर खड्काको नेतृत्वमा बझाङका सांसद तथा पत्रकार सहितको टोलीले पर्यटन विकास मन्त्री जितेन्द्र देब लाई लिखित रुपमा विमानस्थल पिच गरि जहाज संचालनमा गरि दिन माग गरेका छन् । माग पत्र बुझदै पर्यटन विकास मन्त्री जितेन्द्र देबले बझाङ विमानस्थल सुचारु गर्नका लागी आफु तयार रहेको र आफ्नै कार्यकालमा सञ्चालन गर्ने गरि प्रक्रिया अघि बढाउने बताउनु भयो ।

जिल्ला जोड्ने एक मात्र सडक यसै महिनामा मात्र १२ पटक अबरुद्ध भएको, बझाङवासीले सास्ती खेप्नु परेको र विगत तीन बर्ष देखि विमानस्थल संचालनको लागी पटक पटक माग गरि रहेको भए पनि कसैले चासो नदेखाएका कारण  तुरुन्तै विमानस्थल सुचारुको प्रक्रिया अघि बढाउन जिल्लाका सांसदहरुले आग्रह गर्नु भयो ।

हिन्दुहरुको महान तिर्थस्थल कैलाश मानसरोवर जान नेपालबाट सबैभन्दा छोटो बाटो पनि बझांग जिल्ला भएरै जाने भएकाले यो बाटो संचालनमा ल्याउनु आवश्यक भएको पर्यटन अभियन्ता किशोर खडकाको भनाई छ ।

सरकारको जहाज कुर्नुभन्दा एअरपोर्ट पिच हुन सके निजि क्षेत्रका बिमानहरु पनि संचालनमा आउने र निजि क्षेत्र आएपछि प्रतिस्प्रधा बढ्नुका साथै सेवामा पनि गुणस्तर हुने अपेक्षा रहेको छ । तसर्थ एअरपोर्ट पिच हुन सके निजि क्षेत्रका जहाज भित्रयाउन सकिने खडकाको भनाई छ ।

सुदूरपश्चिमका अन्य जिल्लाका एअरपोर्टहरु पिच भएर जहाज संचालनको तयारीमा रहेपनि बझांग जिल्लाको एअरपोर्ट भने संचालन गर्न राज्यले कुनै ध्यान नदिएको , त्यसैगरी हिन्दुहरुको महान तिर्थस्थल कैलाश मानसरोवर जान नेपालबाट सबैभन्दा छोटो बाटो का लागी यहि विमानस्थल हुने भएकाले आवश्यक प्रक्रिया अघि बढाउनु पर्ने, विमानस्थल तत्कालै पिच गरि संचालनमा ल्याउनु पर्ने लगायतका माग माग पत्रमा उल्लेख गरिएको छ ।