२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गणतन्त्रलाई संस्थागत गर्न राससको महत्वपूर्ण भूमिकाः अध्यक्ष दाहाल

२०८२, ८ बैशाख सोमबार १५:०२

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रासस फोटो पुस्तकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास एवं प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ । ललितपुरको खुमलटारस्थित निवासमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा प्रकाशित ‘रासस फोटो किताबः गणतन्त्रको १६ वर्ष’ ग्रहण गर्दै अध्यक्ष दाहालले पुस्तकका माध्यमबाट गणतन्त्रपछिका उपलब्धि र विकास निर्माणका कामलाई जनमानसमा बुझाउन उपयोगी हुने बताउनुभयो ।

अध्यक्ष दाहालले राससले पछिल्लो समयमा गणतन्त्रलाई सहयोग पुग्ने महत्वपूर्ण काम गरेको र त्यसको उदाहरणका रुपमा यो फोटो पुस्तकलाई लिन सकिने धारणा राख्नुभयो । “गणतन्त्र स्थापनापछिको १६ वर्षको यस अवधिमा मुलुकको सभ्यता र संस्कृतिलाई जोड्ने र एक ठाउँमा ल्याउने सन्दर्भमा भए÷गरेका गतिविधिलाई पुस्तकमा समेटिएको छ । विकास निर्माणलगायत पूर्वाधारका क्षेत्रमा भएका उपलब्धिलाई जनमानसमा पु¥याई उनीहरूलाई बुझाउने काम पनि राससले गरेको छ । गणतन्त्रमा केही भएको छैन भन्ने कुरालाई पुस्तकले खण्डन गर्दछ ।”

समावेशी र सङ्घीय अवधारणा रासस अगाडि बढ्न खोज्नु सुखद पक्ष हो भन्दै उहाँले आफ्ना सेवालाई विशिष्टीकृत र विविधीकरण गरेकामा संस्थालाई धन्यवाद दिनुभयो । “मेरो नेतृत्वको सरकार रहँदादेखि नै राससलाई चिनिरहेको छु र पछिल्लो समय राम्रो काम गरिरहेको पाएको छु”, पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “राससले व्यावसायिकता निर्वाह गर्ने प्रयत्न गरेको छ । सबैलाई समेट्ने जमर्को गरेको छ । नेपालमा मिडिया पुनःसंरचनाको कुरा बेलाबखतमा उठिरहेकै हो, त्यसै सन्दर्भमा राससले पछिल्ला दिनमा आफ्ना केही नयाँ सेवा पनि सुरुआत गरेको छ । मातृभाषामा समाचार सेवा थप गर्नाका साथै २४ घण्टे सेवा सञ्चालन गरिरहेको छ । जुन महत्वपूर्ण कुरा हो ।”

अध्यक्ष दाहालले फोटो पुस्तक देश चिनाउन विदेशी पाहुनालाई दिन उपयुक्त हुने भन्दै यसको बढीभन्दा बढी पुस्तक प्रकाशन गर्ने व्यवस्था मिलाउन राससलाई आग्रह गर्नुभयो । फोटो पुस्तक हस्तान्तरण गर्दै राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले फोटो पुस्तकले गणतन्त्रको संस्थागत विकासका निम्ति सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले फोटो पुस्तक तयारी तथा छपाइ प्रक्रिया र समेटिएका विषयवस्तुबारे जानकारी गराउनुभयो । यसैगरी कार्यकारी अध्यक्ष झाले राससको काम कारबाहीका बारेमा पनि अध्यक्ष दाहाललाई जानकारी गराउनुभएको थियो ।

उक्त पुस्तकमा देशका सबै जातजाति, भाषाभाषी, भूगोल, धर्म, संस्कृति र पूर्वाधार निर्माणका क्षेत्रमा भइरहेका गतिविधिलाई समेटेर ९० फोटोपत्रकारले खिचेका १८२ वटा तस्बिर समावेश छन् । पुस्तक हस्तान्तरण कार्यक्रममा राससका महाप्रबन्धक सिद्धराज राई, राससका वरिष्ठ कार्यकारी व्यवस्थापक शीतलप्रसाद महतो, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन राससका अध्यक्ष प्रेमप्रसाद उपाध्याय र फोटोपत्रकार विकल्प दाहालको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी