२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

यथाशीघ्र सङ्घीय निजामती ऐन ल्याउन माग

२०८२, ८ बैशाख सोमबार १६:०६

काठमाडौँ | पर्साका निजामती कर्मचारीका छ वटा सङ्घ–सङ्गठनले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आफ्ना ११ बुँदे माग समावेश गरेर यथाशीघ्र ऐन जारी गर्न माग गरेका छन् ।

पर्साका निजामति कर्मचारीका छ वटा सङ्घ–सङ्गठनले आज प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत प्रतिनिधिसभाका सभामुखलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल निजामती कर्मचारी युनियन पर्साका अध्यक्ष विजयकुमार गुप्ताले निजामती कर्मचारीको सरुवा प्रणालीलाई व्यवस्थित गर्न चक्रिय र पूर्वानुमान योग्य बनाउँदै सम्बन्धित प्रदेश तथा स्थानीय तहको सहमतिको आधारमा अन्तरप्रदेश र अन्तरप्रदेश स्थानीय तह सरूवाको व्यवस्था गर्नुपर्ने माग राखेको जानकारी दिनुभयो ।

“सङ्घ, प्रदेश तथा स्थानीय तहको जुनसुकै तहमा कार्यरत कर्मचारीले खुला÷आन्तरिक प्रतिस्पर्धाबाट अर्काे तहमा नियुक्ती भएमा निजको सेवा निरन्तरताका साथै निवृत्तिभरण पाउनेगरी नियुक्त भएको कर्मचारीले प्रदेश र स्थानीय तहमा आन्तरिक तथा खुल्ला परीक्षा उत्तीर्ण गरेमा निवृत्तिभरण प्राप्त गर्ने प्रावधान कायम गर्नुपर्ने माग राखेका छौँ”, उहाँँले भन्नुभयो, “निजामती कर्मचारी भन्नाले सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै कर्मलाई सम्झनुपर्छ भन्ने विषय परिभाषामा समेट्नुपर्नेछ ।”

विभिन्न छ सङ्घ सङ्गठनले सङ्घ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध कायम हुनेगरी पेसागत हकहित र अधिकारका लागि सङ्गठित हुन कार्यालय प्रमुख बाहेक शाखा अधिकृत वा आठौँ तहसम्मका कर्मचारी सदस्य हुन पाउनेगरी सामूहिक सौदावाजीसहितको राष्ट्रियस्तरका ट्रेड युनियन र आधिकारिक टे«ड युनियनको व्यवस्था हुनुपर्ने मागमा उल्लेख गरिएको छ ।

त्यस्तै सङ्घीय निजामति सेवा ऐन जारी भए पनि सङ्घीय कानुन बमोजिम सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई एकपटक लागि समायोजनको लागि छनोटको अवसर प्रदान गर्नुपर्ने माग राखेका छन् । सङ्घ सङ्गठनले राज्य व्यवस्था तथा सुशासन समितिले गठन गरेको उपसमितिले संयुक्त टे«ड युनियनबाट पटक–पटक उठान गरिएका विषयवस्तु समावेश नगरी समितिमा प्रतिवेदन पेस गर्नुले हाम्रा साझा माग मुद्दाप्रति उपसमिति बेवास्था गरेकोप्रति गम्भीर आपत्ति जनाएका छन् ।

विधेयकमा देखिएको समस्याको समाधान निकाली सङ्घीय निजामति सेवा ऐनको विधेयक समितिको सुझावसहित प्रतिनिधिसभाको प्रथम बैठकभन्दा अगावै पेस गर्न राज्य व्यवस्था तथा सुशासन समितिसँग जोडदार माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ