पढ्न करिब 1 मिनेट लाग्छ

साउन २४, चितवन । नहरमा डुबेर चितवनको भरतपुरमा एक पुरुषको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नं १४ का ५५ वर्षीय गोविन्द अधिकारीको नहरमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार सोमबार खेतको आलीमा हिँड्दै गर्दा लडेर उनी नहरमा पुगेका थिए । सोही क्रममा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

नहरमा डुबेको देखेपछि स्थानीयवासीले उद्धार गरी उपचारका लागि चितवन मेडिकल ल्याइएकोमा उनको दिउँसो ३ बजे मृत्यु भएको थापाले जानकारी दिनुभयो ।

शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

घटना हुनुअघि उनले मदिरा सेवन गरेको स्थानीयवासीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

यता चितवनको भरतपुर महानगरपालिका वडा नं ६ की ३३ वर्षीया रञ्जना श्रेष्ठले आफ्नै घरमा सलको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । रासस