2026-06-19 10:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

उद्योगमा कोभिडको असर कायमै

काठमाडौँ | कोरोना महामारीका कारण बन्द भएका उद्योगको समस्या अझै समाधान हुन सकेको छैन । निरन्तरको प्रयासपछि केही उद्योग पुरानै लयमा सञ्चालन हुन थालेपनि अधिकांश उद्योगमा कोरोनाको असर अझै कायमै रहेको जानकारहरुको भनाइ छ ।

नेपाल उद्योग परिसङ्घ वागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल प्रदेशभित्रका ४० प्रतिशत उद्योग अझै बन्द अवस्थामा रहेको बताउनुहुन्छ । सञ्चालनमा रहेका ६० प्रतिशतमध्ये १० प्रतिशत मात्रै नाफामा रहेको उहाँको भनाइ छ । उद्योग सङ्घ चितवनका पूर्वअध्यक्षसमेत रहनुभएका कँडेल बैंकको ऋणका लागि मात्रै उद्योग चलाउने धेरै रहेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “ऋण थप्दै जाँदा अहिले धितोले ऋण नधान्ने अवस्थामा पुगेको छ, यसले उद्योगमा ऋण लगानी गर्ने बैंकलाई पनि समस्या भएको छ”, उहाँले थप्नुभयो “बल्लतल्ल उत्पादन सुरु भए पनि माग बढ्न नसकेको अवस्था छ ।”

कच्चापदार्थ किन्ने पैसा नहुँदा कम क्षमतामा उद्योग सञ्चालन हुँदा घाटा चुलिँदै गएको उहाँले बताउनुभयो । बढ्दो ऋणका कारण उद्योगको अवस्था कमजोर बनेको उहाँको बुझाइ छ । “गत वर्षसम्म महँगो बैंक ब्याजले पनि उद्योगलाई अप्ठ्यारो पारेको थियो । मजदुरको बढ्दो ज्याला, महँगो ढुवानी, कच्चापदार्थको मूल्यवृद्धिलगायतका कारण नेपाली उत्पादनको लागत बढेको र विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न नसकेको अवस्था छ”, कँडेलले बताउनुभयो ।

नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेल कोरोनाकै कारण धेरै पोल्ट्री व्यवसायीले पेसा छाडिसकेको बताउनुहुन्छ । सञ्चालनमा रहेका अधिकांश उद्योग ऋणको मारमा रहेको उहाँको भनाइ छ । वर्षदिनमा एक पटक अण्डाले लागत मूल्य पाउँदा सरकारी निकायको ध्यानाकर्षण हुने भए पनि वर्षांैसम्म नोक्सानमा काम गर्नुपर्दा राज्यले ध्यान नदिएको उहाँको गुनासो छ ।

भारतीय सीमा क्षेत्रबाट अवैध रुपमा भित्रिने पोल्ट्रीजन्य पदार्थ रोकिए मात्रै पनि यहाँका पोल्ट्री व्यवसायीलाई केही राहत मिल्ने उहाँको बुझाइ छ । यस्तै अवस्था रहेमा आत्मनिर्भर यो व्यवसाय समाप्त भएर जाने उहाँको दाबी छ ।
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष ओमप्रकाश पाण्डे आधा होटल आर्थिक सङ्कटमा परेको बताउनुहुन्छ । होटल चल्नका लागि कम्तीमा औसतमा ६० प्रतिशत अकुपेन्सी हुनु्पर्छ तर हाल औसतमा ५० प्रतिशतभन्दा कममा सञ्चालन हुनुपरिरहेको अवस्था छ ।

दिनहुँ घाटा बढ्दै जाँदा पर्यटन उद्योगमा सङ्कट थपिँदै गएको उहाँको दाबी छ । विदेशी पर्यटकको सङ्ख्या नबढाएसम्म आर्थिक समृद्धि नहुने भन्दै उहाँले नेपाली पर्यटक आएर मात्रै क्षणिक सञ्चालन हुन सकेपनि दीर्घकालीन समस्या समाधान नहुने बताउनुभयो ।

चितवनको पर्यटन व्यवसाय प्रभावित हुनुको प्रमुख कारण सडक सञ्जाल पनि भएको उहाँको भनाइ छ । भैरहवा, पोखरा र काठमाडौँबाट आउने पर्यटक सडकका कारण आउन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “ट्राभल कम्पनीहरुले सडकका कारण पर्यटक पठाउनै छाडेका छन् ।”

कोभिडपछि व्यवसाय सञ्चालन हुन नसक्दा कतिपय होटलमा बैंकले ताला लगाउने अवस्था समेत आएको उहाँको भनाइ छ । उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी कोभिडपछि बजार क्षेत्रका धेरै पसल बन्द भएको बताउनुहुन्छ ।

समग्र अर्थतन्त्र प्रभावित भएपछि उद्योग र व्यवसाय पनि प्रभावित बनेको उहाँको भनाइ छ । सरकारले उद्योग व्यवसायका समस्यालाई मसिनो गरी केलाएर सम्बोधन गर्नुपर्ने उहाँको माग छ । ऋण थप्दै जाँदा धितोले धान्न नसक्ने अवस्थामा उद्योगी पुगेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो “अब पनि सरकारले सम्बोधन गरेन भने नेपालमा उद्योग टिकाउन निकै सकस हुन्छ ।”

उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष राजन गौतमले भने लामो समयको मेहनत र लगानीपछि गौमन्त्र नामक अग्र्यानिक मल कम्पनी लयमा फर्किएको बताउनुभयो । उहाँले कमर्सियल अर्गानिक एग्रिकल्चर कन्सेप्ट प्रालि सञ्चालन गर्दै आउनुभएको छ । गौतमले भन्नुभयो “कोरोना महामारीका कारण केही समय उत्पादन ठप्प गरेको कम्पनी अहिले बल्लतल्ल लयमा फर्किएको छ, तर अहिले पनि समस्या बाँकी नै छन्, माग बढ्न नसक्दा उत्पादनले बजार पाउन सकेको छैन”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी