३० कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा लागुऔषधले विकराल रुप यसरी लिँदैछ !

२४ श्रावण २०७४, मंगलवार १०:१६

पुरुषोत्तम सुवेदी/साउन २४, नवलपरासी । लागुऔषधको सेवनका कारण युवा पुस्तामा यसको असर विकराल बन्दै गएको छ । विशेष गरी १८ वर्षदेखि ४५ वर्ष उमेर समूहमा लागुऔषधको प्रयोग बढ्दो देखिन्छ । 

युवामा ७० प्रतिशत लागुऔषध प्रयोगकर्ताको उमेर ३० वर्ष भन्दा काम रहेको तथ्याँकले देखाएको छ । सुईको माध्यमद्वारा, धुम्रपानमा मिसाएर र अन्य तरिकाबाट लागुऔषध सेवन गर्ने गरेको पाइएको छ । पछिल्लो तथ्याँकअनुसार सुईको माध्यम वा धुम्रपानमा मिसाएर लागुऔषध प्रयोग गर्नेको पुस्ता बढी छ । 

गृहमन्त्रालय लागुऔषध नियन्त्रण शाखाका उपसचिव उदयबहादुर सिंहका अनुसार नेपालमा लागुऔषध प्रयोग गर्नेको अवस्था दिन प्रतिदिन जटिल बन्दै गइरहेको छ । 

विशेष गरी काठमाडौँ, कास्की, चितवन, झापा, सुनसरी, मोरङ, बाँकेसहित तराईका अधिकांश जिल्लामा लागुऔषध प्रयोग गर्नेको संख्या अधिक छ । सिंहका अनुसार केन्द्रीय तथ्याँंक विभागले २०६३ सालमा गरेको सर्वेक्षणअनुसार नेपालमा कुल लागुऔषध प्रयोगकर्ताको संख्या ४६ हजार ३०९ थियो भने २०६९ सालमा सो संख्या बढेर ९१ हजार ५३४ पुगेको छ । जस्मा एक प्रतिशत महिला समूह रहेको पाइन्छ । 

खुल्ला सिमानाका कारण पनि लागुपदार्थ प्रयोग कर्ताको संख्या विसं २०७३ सम्म आइपुग्दा करिब एक लाख ५० हजारको हाराहारीमा पुगेको उपसचिव सिंह बताउनुहुन्छ । 

लागुऔषधलाई प्राकृतिक, अर्ध प्राकृतिक वा अर्ध कृतिम र कृतिम गरी तीन भागमा वर्गीकरण गरिएको छ । जसअनुसार प्राकृतिकतर्फ गाँजा, चरेश, अफिम आदि, अर्ध प्राकृतिक वा अर्ध कृतिमतर्फ हिरोइन, कोकिन आदि पर्छ भने कृतिमतर्फ बुप्रेनर्फिन, डाइजेपाम, मेथाडोन आदि पर्दछन् । 

त्यस्तै स्रोतको आधारमा ७०.१ प्रतिशत दुव्र्यसनीले अन्य दुव्र्यसनी साथीमार्फत लागुऔषध पाउने गरेका छन् भने ३०.७ प्रतिशत दुव्र्यसनीले घुम्ती लागुऔषधी बिक्रेताबाट खरिद गरी सेवन गरेको तथ्याँक छ । 

लागुऔषध सेवन गर्ने दुव्र्यसनीमध्ये ४३ प्रतिशतले मुखबाट र ५७ प्रतिशत दुव्र्यसनीले सुईमार्फत लागुऔषध प्रयोग गरेको पाइन्छ । 

सन् २०११ देखि सन् २०१६ सम्मको तथ्याँक विश्लेषण गर्दा नेपालमा लागुऔषध कारोबार गर्ने आपराधिक गिरोहको संख्या प्रत्येक वर्ष बढिरहेको छ भने त्यही अनुपातमा लागुऔषध बरामदको परिणाम पनि उल्लेख्य रुपमा वृद्धि भएको छ । 

सन् २०१६ मा तीन हजार ६९६ जना लागुऔषध कारोबारी (३४०४ जना पुरुष र १५३ जना महिला) लाई कानूनी दायरमा ल्याइएको थियो । तीमध्ये सात जना महिलासहित २६ विदेशी नागरिक बिरुद्ध लागुऔषध कारोबार सम्बन्धी मुद्दा दायर गरिएको थियो, जुन अघिल्लो वर्षभन्दा दोब्बर बढी हो । 

प्रहरीले लागुऔषध नियन्त्रणका लागि छुट्टै शाखा खोलेर काम गरिरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक पुस्कर कार्कीले जानकारी दिनुभयो । लागुऔषध सेवन र कारोबार नियन्त्रणका लागि सबै क्षेत्रबाट पहल हुनुपर्नेमा उहाँले जोड दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सांसाद बजगाईंविरूद्व मन्त्री पाण्डेले दिए उजुरी लगातार ओरालो लागिरहेको सुनको भाउ फेरि बढ्यो, आज तोलाको कति पुग्यो ? चार संसदीय समितिको बैठक आज बस्दै चितवन राइनोजमा इंग्ल्याण्डका रवि बोपारा अनुबन्ध आजदेखि नेपालले बंगलादेशलाई बिद्युत बिक्रि गर्दै दार्चुला दुर्घटना अपडेट : मृतकको संख्या ७ पुग्यो, ६ जना गम्भीर घाइते सरुवा भएका कर्मचारीलाई ७ दिनभित्र कार्यालयमा हाजिर गर्न सामान्यको निर्देशन नेपाल गुणस्तर परिषद्को ११३ औ बैंठक सिंहदरबारमा सम्पन्न यस्तो छ, शुक्रबारको विदेशी मुद्राको विनिमय दर दार्चुलामा जीप दुर्घटना: ६ जनाको ज्यान गयो आजको मौसमः देशको अधिकांश भागमा मौसम सफा रहने जोखिमपूर्ण श्रमबाट एकजना र असुरक्षित बाल गृहबाट ११ बालबालिकाको उद्धार सरकार निरंकुशतातिर जाने खतरा छ : डा.शेखर कोइराला विश्वकपमा पुगेका यू–१९ महिला क्रिकेट टोलीलाई जनही २ लाख ५० हजार पुरस्कार दिने नेपाली यू–१९ महिला क्रिकेट टिम आज स्वदेश फर्कदैँ डिजिटल नेपालको पोलिसी कार्यान्वयन गर्न आइटी क्षेत्रमा बजेट छैन : सञ्चारमन्त्री राष्ट्रपति पौडेल बाकुबाट स्वदेश प्रस्थान मुलुकमा कसैले काम गरेको छ भने त्यो हामीहरुले गरेको हो : अध्यक्ष नेपाल राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपति अलियेफबीच बाकुमा भेटवार्ता सातै प्रदेशमा फिस्टुला रोगको निशुल्क उपचारको तयारी