साउन २५, काठमाडौं । पार्टीको नाम ‘नयाँ’ भनेर के गर्नु तरिकाहरु सबै पूरानै चलेपछि । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको प्रवास मामिलामा यस्तै लफडा आइलाग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २५, काठमाडौं । पार्टीको नाम ‘नयाँ’ भनेर के गर्नु तरिकाहरु सबै पूरानै चलेपछि । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको प्रवास मामिलामा यस्तै लफडा आइलाग"/>
2026-09-22 03:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ शक्ति कतारको कमिटी भंग, अध्यक्षलाई डिपोर्ट गर्ने तयारी

साउन २५, काठमाडौं । पार्टीको नाम ‘नयाँ’ भनेर के गर्नु तरिकाहरु सबै पूरानै चलेपछि । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको प्रवास मामिलामा यस्तै लफडा आइलागेको छ ।

छिमेकी मुलुकहरुसित लफडा झेल्दै गरेको कतारमा नयाँ शक्तिको अध्यक्ष बनाइउका बिबि खराललाई आर्थिक अनियमितताको आरोपमा प्रवास समिति संयोजक नवराज सुवेदी र उपसंयोजक शंकर भण्डारीले कारवाही गरेपछि आजकाल फेसबुकका भित्ताहरु रंगीन हुन थालेका छन् ।

साउदी अरबा ३६ जना पीडित मजदुरको उद्धार गरेर वाहवाही कमाएका बिबि सशस्त्र द्वन्द्वकालमा माओवादी लडाकुका कमाण्डर थिए । नवलपरासीका बासिन्दा, कतारमा मुसलमानबीच घुलमिल हुन ‘खरेल’को सट्टा ‘खराल’ लेख्ने गरेका उनको नेतृत्वको प्रवास कमिटीलाई गतसता पार्टी हेडक्वार्टरले भंग गरिदिएको छ ।

उनलाई त्यहाँबाट डिपोर्ट गरी नेपाल पठाउने तयारी भइरहेको नयाँ शक्ति स्रोतले जनायो । यसअघि शंकरका मानिसहरुले बिबिलाई कतारमै सांघातिक हमला गर्ने योजना बनाएका थिए । खराल पिट्छु भन्ने मात्रै होइन, पिट्नमा पनि माहिर युवा हुन् ।

कतार कमिटीमा आर्थिक कारणले समस्या आएको कुरालाई बिबिकै फेसबुक स्ट्याटसले पुष्टि गर्छ । साउन १४ गते, अर्थात् जुलाई २९ शनिबारको दिन लेखेका छन्, ‘देव परिार र ध्रुव क्षेत्रीलाई ४ सय वटा पार्टी सदस्यता, ओर्जिनल फारम मुठ्ठीदानको हिसाब–किताब, अनि ट्राभलको हिसाब–किताब यथाशीघ्र बुझाउन हार्दिक अनुरोध गरिन्छ । एक वर्षभन्दा बढी भयो, तर नआएसी यो कदम चाल्न बाध्य भएका हौं । एक हप्ताभित्र बुझाए हुन्छ ।’

अर्थात्, पार्टीको नाममा आर्थिक संकलन गर्ने र कुनै बुझबुझारथ नहुने उजुरीपछि त्यहाँको कमिटी भंग गरिएको हो । तर, यसमा दोषी अरु, आरोप खेप्ने बिबि परेको काठमाडौंस्थित नयाँ शक्तिका नेताहरु बताउँछन् । -जनआस्था साप्ताहिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी