<p><b>साउन २४, नवलपरासी ।</b> यहाँको सुनवल नगरपालिका–७ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । <br></p><p>नवलपरासी र रुपन्देही जिल्लाको सिमानामा पर्ने कजरार खोलामा माछा मार्ने क्रममा मंगलबार सुनवल–७, चारपाला निवासी ५० वर्षका शम्शेर अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, सुनवलले जनाएको छ । </p><p>मृतकको शव परीक्षणका लागि पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी ल्याइएको प्रहरीले जनाएको छ । रासस </p>
August 9, 2017
नवलपुर - NWL, समाज
नवलपरासीमा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु
By kit
1 मिनेट पढाइ










