साउन २५, काठमाडौं । कमल थापासँग साँवा–ब्याजसहित असुल हुनेगरी पार्टी फुटाएर पशुपति समशेरकी छोरकिो घरबार टुटेको छ । 

स्रोतका अनुसार यता थापाको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २५, काठमाडौं । कमल थापासँग साँवा–ब्याजसहित असुल हुनेगरी पार्टी फुटाएर पशुपति समशेरकी छोरकिो घरबार टुटेको छ । 

स्रोतका अनुसार यता थापाको "/>

2026-09-22 03:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दीपेन्द्र गए तर दुःख गएन देवयानीको


साउन २५, काठमाडौं । कमल थापासँग साँवा–ब्याजसहित असुल हुनेगरी पार्टी फुटाएर पशुपति समशेरकी छोरकिो घरबार टुटेको छ । 

स्रोतका अनुसार यता थापाको भन्दा धेरै सांसद आफूसँग लिन सफल राणाकी छोरी देवयानीले भने आफैंले रोजेर विवाह बन्धनमा बाँधिएको पतिलाई ठूलो धनराशी बुझाएर छुटकारा लिएकी हुन् ।

देवयानी उनै चर्चित युवती हुन् जोसँग जोडेर २४० वर्षे शाहवंशकै अन्त्य हुनेगरी ०५८ साल जेठ १९ गते दरबार हत्याकाण्डभएको थियो । तत्कालीन रानी ऐश्वर्यले पशुपतिपुत्री देवयानीलाई बुहारी स्विकार्न नमानेपछि तन्किएका अनेकन घटनाक्रमको जगमाथि टेकेर सो दुःखद घटना भएको विश्वास गरिन्छ । तत्कालीन युवराज दीपेन्द्रसँग प्रेममा परेकी देवयानी सो पीडा र सारा सम्झना भुल्न स्विट्जरल्याण्ड गएकी थिइन् ।

त्यहीँको एक क्लबमा उनको ऐश्वर्य नै नाम गरेका तर पुरुष जातका एक युवकसँग भेट भयो । विस्तारै भेटघाट झांगिँदै प्रेम सम्बन्धमा परिणत भएपछि उनले आफूभन्दा ५ वर्ष कम उमेरका ऐश्वर्य सिंहसँग विवाह गरेकी थिइन् । उनी कांग्रेस आईका नेता तथा भारतका पूर्वमन्त्री अर्जुन सिंहका नाति हुन् । तर, देवयानीको दोस्रो रोजाइ पनि गलत सावित भयो । जीवनसाथीको रुपमा गरिएको चयन अभिशाप बन्ने स्थिति देखाप¥यो ।

ऐश्वर्यको अत्यधिक जाँड खाने, मनमौजी गर्दै हिँड्ने, परस्त्रीगमनलगायत चारित्रिक कमजोरीका कारण देवयानी पतिसँग बस्न नसक्ने अवस्थामा पुगिन् । उनीहरुबीचको दाम्पत्य जीवन नजमेकै बेला ऐश्वर्यका हजुरबुबाले मन्त्री रहँदा आर्जन गरेको अवैधानिक सम्पत्ति लुकाएर राखेको मुलुक पोल्याण्डले खाता जफत ग¥यो ।

यसरी अर्बौं रकम एकैचोटि जफतमा परेपछि आर्थिक रुपमा समेत तन्नम बनेका ऐश्वर्यको देवयानीमाथिको अत्याचार बढ्दै गएको बताइन्छ । देवयानीका मावली ग्वालियको सिन्धिया घराना भएका कारण उनीहरुको समेत सहयोगमा आजित भएर उनले ऐश्वर्यको माग पूरा गर्दै चुलोचौको अलग गरेर बसेको स्रोतले बताएको छ ।

सम्बन्ध खराब भए पनि कानुनी रुपमा औपचारिक सम्बन्धविच्छेद नभएका कारण केही वर्ष भान्छा अलग तर एउटै घरमा बस्ने व्यवस्था मिलाइएको थियो । दिल्लीका रइसहरु बस्ने कालन्दीस्थित एउटा विशाल कम्पाउण्डसहितको दरबारजस्तो घरमा अहिले उनको बसोबास छ । नौ वर्षीय छोरा आफैंसँग राख्ने शर्तसहित उनीहरु छुट्टिएका हुन् ।

टेस्टट्युब प्रविधिबाट लण्डनमा जन्मिएको छोरालाई आफूसँग राख्ने चाहना पूरा गर्न देवयानीले ऐश्वर्यलाई करोडौं रकम तिर्नुपरेको हो ।

सामान्यतया लोग्नेसँग छुट्टिँदा मानाचामल र अंशका रुपमा महिलाले सम्पत्ति लिने आम चलन विपरीत बेकम्मा श्रीमानलाई पैसा बुझाएर उन्मुक्ति लिएकी देवयानी हाल छोराको पालनपोषणका लागि हेभी इक्विपमेन्ट उत्पादन गर्ने जर्मन कम्पनी क्याटरपिलरको दिल्लीस्थित क्षेत्रीय कार्यलयकमा काम गर्छिन् । यसले भारत, नेपाल र भुटानमा डोजर, रोलर र भवन तथा सडक निर्माणसम्बन्धि उत्पादन बिक्री वितरण गर्छ । -जनआस्था साप्ताहिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी