लोकेन्द्र प्रशाद जोशी/साउन २५, दार्चुला । दार्चुलाकै सबै भन्दा ठूलो जात्राको रुपमा मनाइएको सुर्मा भवानीको जात्रा समापन भएको छ । 

स्थानीय भाषामा क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी/साउन २५, दार्चुला । दार्चुलाकै सबै भन्दा ठूलो जात्राको रुपमा मनाइएको सुर्मा भवानीको जात्रा समापन भएको छ । 

स्थानीय भाषामा क"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

ऐतिहासिक सूर्मा भवानीको सुर्मासरोवर जात्रा छैटी दिएर समापन गरियो

२५ श्रावण २०७४, बुधबार १२:४६


लोकेन्द्र प्रशाद जोशी/साउन २५, दार्चुला । दार्चुलाकै सबै भन्दा ठूलो जात्राको रुपमा मनाइएको सुर्मा भवानीको जात्रा समापन भएको छ । 

स्थानीय भाषामा क्षत्ति जात्रा भनेर चिनिने जात्रा गत साउन १८ गतेबाट शुरु भएको हो । औँसीदेखि १७ दिन र रतेडिदेखि सातदिन सम्म मनाइएको जात्रा विधिवत रुपमा छैटी दिएर समापन भएको हो । यो जात्रा हालको अपि हिमाल गाउँपालिका वडा नम्बर ३ घाजिर क्षत्ति हुँदै बझाङ जिल्लाको सुर्मासरोवर सम्म गएर मनाइएको हो ।

जात्राको सातौ दिन उवादेशी अथवा क्षेत्ती गर्खाका समुदायमा बस्ने वासिन्दाहरूले आफ्नो जेठो छोराको छैठ दिने चलन छ । यो दिन आफ्ना इष्टमित्रहरू वोलाएर भोज खुवाउने विगत देखि चलन भएको कारण छैटी दिएर क्षेत्ती जात्रा समापन भएको मदन सिह कार्कीले बताउनुभयो । 


छैठमा कालीदेवीको मन्दिरमा सयौ खसीको बलि दिने चलन छ । किंवदन्ति अनुसार पहिला त्यस मन्दिरमा आफ्नो जेठो छोरा वा छोरीको वलि दिने गरिन्थ्यो तर अहिले त्यसको सट्टा वोकाको वलि दिने चलन रहि आएको बताइन्छ । यस दिन छैठका गीतहरू गाउने चलन छ । सात दिनसम्म सयौको संख्यामा भक्तजनहरु क्षत्ति घाजिर पुगेर पूजा आजा गरेका छन ।

सुर्मासरोवर बझाङ जिल्ला र दार्चुला जिल्लाको सिमानामा पर्दछ । हिमश्रृंखलाहरूको विचमा अवस्थित यो सरोवर धार्मिक, पर्यटकीय तथा सांस्कृतिक दृष्टिमा अत्यन्त महत्वपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य