2026-09-22 03:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब अदालतको अनुमतिबिना पक्राउ गर्न नपाउने

साउन २६, काठमाडौं । पारित अपराध कार्यविधि संहिताअनुसार अब प्रहरीले अनुसन्धानका लागि व्यक्ति पक्राउ गर्नुपूर्व अदालतको अनुमति लिनुपर्नेछ।  प्रस्तावित व्यवस्थामा प्रहरीले असन्तुष्टि जनाए पनि उक्त व्यवस्था पारित भएको हो। 

कार्यविधिले अहिले अदालतमा भइरहेको मुद्दाको कार्यविधिलाई सरलीकृत गरेको छ।  सरकारी मुद्दासम्बन्धी ऐनको कार्यविधि घटाएको छ।  कार्यविधिअनुसार गम्भीर कसुरमा अब विशेषज्ञसहितको टोलीको सहायता लिनसक्ने व्यवस्था छ।

अदालतको म्याद तामेलीलाई विद्युतीय माध्यमबाट पनि गर्न सकिने व्यवस्था कार्यविधिमा गरिएको छ।  साक्षीको बकपत्र भिडियो कन्फ्रेन्सबाटै हुनसक्ने व्यवस्था पनि कार्यविधिमा गरिएको छ।  विदेशमा भएको कसुरमा नेपालमा कारबाही गर्ने व्यवस्था पनि अपराध कार्यविधि संहिताले गरेको छ।

फौजदारी घटनामा प्रहरीले जाहेरी नलिए जाहेरी नलिनेभन्दा एक तहमाथि जान सकिने व्यवस्था कार्यविधिले गरेको छ।  फुटकर मुद्दा अभियोजनमा नलैजाने पनि कार्यविधिमा उल्लेख छ।  हाल अदालतले अपनाइरहेको म्याद तामेली, प्रतिउत्तर लगायतका समयसीमा घटाइएका छन्। -गोरखापत्र दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी