पर्वत । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।
2026-09-19 04:37 PM
पर्बत - PBT

मोदीमा माओवादी निकट व्यावसायीहरु संगठित

पर्वत । नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन पर्वतको मोदी गाउँपालिका कमिटी गठन भएको छ । ।

मंगलवार सम्पन्न मोदी गाउँपालिका स्तरीय उद्योगी ब्यपारीको भेलाले कृष्णबहादुर सुबेदीको अध्यक्षतामा १३ सदस्यीय कमिटी गठन गरेको हो । कमिटिको उपाध्यक्षमा टंक चापागाई, सचिबमागोबिन्द बहादुर केसी र कोषाध्यक्षमा मिनाकुमारी उपाध्याय रहनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा बम बहादुर पौडेल, टिकाराम तिमिल्सिना, सेती पौडेल, लोक बहादुर क्षेत्री, गोबिन्द सुबेदी, स्याम केसी, गमुकुमारी शाही हमाल रहनु भएको छ भने २ सदस्य कार्यसमितिले पछि थप गर्ने बताईएको छ ।

भेलाले ६ सदस्यीय सल्लाहकार समिति पनि चयन भएको छ। जसमा गंगा तिमिल्सिना, मनबहादुर पौडेल, भिम प्रसाद चापागाई, गौरस पुन, टिका बहादुर सुबेदी र गणेश बहादुर लामीछाने रहनुभएको छ ।

भेलालाई सम्वोधन गर्दै राष्ट्रि उद्योग व्यापार संगठन प्रदेश नं ४ का संयोजक गोपी अधिकारीले उद्योगी, व्यावासायीहरु आफ्नो व्यावसायीक सुरक्षा र आफ्ना हक अधिकार सुनिश्चित गर्नका लागि एकजुट हुनुपर्ने बेला आएको बताउनुभयो । उहाँले व्यावसायीहरुले पनि मर्या्दित रुपमा व्यावसाय गर्न पाउनुपर्ने बताउँदै राज्यले विभिन्न बहानामा उद्योगी व्यावासायिलाई दिने दुःखको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा माओवादी नेता मनबहादुर पौडेल, भिमप्रसाद चापागाई लगायतले पनि बोल्नु भएको थियो ।

संगठनका जिल्ला अध्यक्ष गणेश लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत गंगा तिमिल्सिना र संचालन जिल्ला सचिब खड्ग प्रसाद खनालले गर्नुभएको थियो । को संचालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा