३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रूसद्वारा युक्रेनमा १५० ड्रोन प्रहार, ट्रम्पले पुटिनको ‘शान्ति प्रस्ताव’मा उठाए प्रश्न

१४ बैशाख २०८२, आईतवार २१:२०

किभ,युक्रेन । रूसले शनिबार राति युक्रेनका विभिन्न क्षेत्रमा एकसाथ लगभग १५० ड्रोन प्रहार गरेको युक्रेनी अधिकारीहरूले जानकारी दिएका छन् । युक्रेनी वायु सेनाका अनुसार तीमध्ये ५७ ड्रोन खसालिएका थिए भने ६७ ड्रोनहरू इलेक्ट्रोनिक रूपमा निष्क्रिय पारिएको थियो ।

ड्रोन आक्रमणका क्रममा डिनिप्रोपेट्रोभ्स्क क्षेत्रको पाभ्लोह्राड शहरमा एक व्यक्तिको ज्यान गएको छ भने १४ वर्षीया एक किशोरी घाइते भएकी छन् । यस्तै, ओडेसा र झिटोमिर क्षेत्रमा पनि आक्रमणका कारण दुई जना घाइते भएका छन् । खेरसोन शहरमा भएको रूसी हवाई आक्रमणमा थप चार जना नागरिक घाइते भएको जानकारी प्राप्त भएको छ ।

रूसको रक्षा मन्त्रालयले युक्रेनी सेनाबाट ब्रायान्स्क सीमा क्षेत्र र क्राइमिया क्षेत्रमा गरिएको ड्रोन आक्रमणलाई विफल तुल्याइएको दाबी गरेको छ । डोनेत्स्क क्षेत्रको होर्लिभका शहरमा युक्रेनी तोपखानाबाट भएको आक्रमणमा पाँच जना घाइते भएको रूसी मेयरले बताउनुभएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पुटिनले ‘युद्ध अन्त्य गर्ने चाहना राख्दैनन्’ भन्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सामाजिक सञ्जालमा लेख्दै भन्नुभयो, “पछिल्ला दिनहरूमा रूसी सेनाबाट नागरिक क्षेत्रमा प्रहार हुनु अत्यन्तै दुर्भाग्यपूर्ण विषय हो ।”

भ्याटिकनमा आयोजित पोप फ्रान्सिसको अन्त्येष्टि कार्यक्रममा सहभागी भई स्वदेश फर्कंदै गर्दा ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छोटो कुराकानी गर्नुभएका थिए । यो कुराकानी उहाँहरूबीचको पछिल्लो समयको पहिलो प्रत्यक्ष भेटघाट हो ।

क्रेमलिनका एक वरिष्ठ अधिकारीले युक्रेन युद्धको समाधान दीर्घकालीन प्रक्रिया अन्तर्गत अघि बढ्ने बताउँदै वार्ता प्रक्रियामा गहिरो समय लाग्न सक्ने सङ्केत गर्नुभयो । उता राष्ट्रपति जेलेन्स्कीले रूस शान्तिका लागि प्रतिबद्ध नभई केवल युद्धविरामको भ्रम सिर्जना गर्न खोजिरहेको आरोप लगाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली