२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छुट्टाछुट्टै घटनामा एक बालिकासहित दुईजनाको मृत्यु

२६ श्रावण २०७४, बिहीबार ०७:५४

साउन २६, राजविराज । सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज भएको सवारी दुर्घटनामा एक बालिकासहित दुईजनाको मृत्यु भएको छ । 

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्याणपुर सडकखण्डमा बसको ठक्करबाट एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । 

पूर्वबाट पश्चिम जाँदै गरेको ना५ख ५०६१ नंको बसले विपरीत दिशाबाट आउँदै गरेको स८प १३९३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहा धनगढी नगरपालिका–५ बस्ने २५ वर्षीय सशस्त्र प्रहरी जवान सोमबहादुर मगरको घटनास्थलमै मृत्यु भएको हो । 

मृतक सशस्त्र प्रहरीको दरबन्दी कहाँ रहेको छ भन्ने खुल्न नसकेको र ठक्कर दिने बस तथा चालकलाई नियन्त्रणमा लिइएकोे कल्याणपुर इलाका प्रहरी कार्यालयले जनाएको छ । 

यस्तै सप्तरीकै सुरुगा नगरपालिका–८ स्थित भित्री सडकखण्डमा ना३ख १६२९ नंको सुनौलो बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा सोही स्कुलमा अध्ययनरत स्थानीय धर्म शाहकी छ वर्षीया छोरी निश्चल शाहको मृत्यु भएको प्रनाउ यादवराज उप्रेतीले बताउनुभयो । उक्त बसले विद्यार्थी लिएर विद्यालय आउने क्रममा ती बालिकालाई ठक्कर दिएको थियो । 

यता ठक्कर दिने बस र चालकलाई कडोरवना इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य