2026-09-12 12:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छुट्टाछुट्टै घटनामा एक बालिकासहित दुईजनाको मृत्यु

साउन २६, राजविराज । सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज भएको सवारी दुर्घटनामा एक बालिकासहित दुईजनाको मृत्यु भएको छ । 

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्याणपुर सडकखण्डमा बसको ठक्करबाट एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । 

पूर्वबाट पश्चिम जाँदै गरेको ना५ख ५०६१ नंको बसले विपरीत दिशाबाट आउँदै गरेको स८प १३९३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहा धनगढी नगरपालिका–५ बस्ने २५ वर्षीय सशस्त्र प्रहरी जवान सोमबहादुर मगरको घटनास्थलमै मृत्यु भएको हो । 

मृतक सशस्त्र प्रहरीको दरबन्दी कहाँ रहेको छ भन्ने खुल्न नसकेको र ठक्कर दिने बस तथा चालकलाई नियन्त्रणमा लिइएकोे कल्याणपुर इलाका प्रहरी कार्यालयले जनाएको छ । 

यस्तै सप्तरीकै सुरुगा नगरपालिका–८ स्थित भित्री सडकखण्डमा ना३ख १६२९ नंको सुनौलो बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा सोही स्कुलमा अध्ययनरत स्थानीय धर्म शाहकी छ वर्षीया छोरी निश्चल शाहको मृत्यु भएको प्रनाउ यादवराज उप्रेतीले बताउनुभयो । उक्त बसले विद्यार्थी लिएर विद्यालय आउने क्रममा ती बालिकालाई ठक्कर दिएको थियो । 

यता ठक्कर दिने बस र चालकलाई कडोरवना इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा