Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुर र काठमाडौँमा खट जात्रा मनाइयो

२०८२, १५ बैशाख सोमबार १३:५३

काठमाडौँ | चाँगुनारायण मन्दिरमा पाँच दिनसम्म सञ्चालन हुने चाँगुनारायण खट जात्रासहित चाँगुनारायण, छिन्नमस्ता र किलेश्वर महादेवको जात्रा भव्य रुपमा मनाइएको छ ।

पाँच दिनअगाडि निम्तो पूजा दिएर सुरु हुने यो जात्रा त्रयोदशीदेखि सुरु भएर मातातीर्थका दिन खटजात्रा गरी अक्षय तृतीयासम्म पाँच दिन मनाइने चाँगुनारायण मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपध्यायले जानकारी दिनुभयो । यो जात्रालाई भेदभाव मुक्त जात्राका रुपमा समेत लिने गरिन्छ । वैशाख कृष्ण त्रयोदशीको बिहानै तल्लो जाति अर्थात् कसाई जातिले निमन्त्रणा पूजा गरेपछि यो जात्रा आरम्भ हुने भएकाले लिच्छविकाल र मल्लकालमा कुनै भेदभाव थिएन भन्ने विश्वास गर्न सकिने उहाँले बताउनुभयो ।

जात्राको पहिलो दिन कसाई जातिले चाँगुनारायणबाट बाजागाजासहित काठमाडौँको डाँछीस्थित कान्तिभैरवमा गई पूजा गर्छन् । दोस्रो दिन भात पकाई भातबाटै भैरव, कालीलगायतका देवताको प्रतीक बनाएर पूजा गर्छन् । चाँगुनारायण मन्दिरभित्रको छिन्नामस्ता (टाउको नभएकी देवी) बाट भैरवको मूर्ति र भातबाट बनाइएका देवतालाई कान्तिभैरव मन्दिरमा लगेर पूजा गरिन्छ । यसो गरेमा अनिकाल कहिल्यै नहुने विश्वास रहेको पुजारी राजोपाध्यायले बताउनुहुन्छ । त्यसै दिन कान्तिभैरवबाट मूर्तिलाई चाँगुनारायण ल्याई काली, भैरवसँगै राखी पूजा गरिन्छ ।

वैशाख कृष्णपक्ष त्रयोदशीका दिन नाइके खलकले चाँगुनारायण, किलेश्वर महादेव र कान्तिभैरव देवताको खटजात्रा भव्य रूपमा मनाउन नायिखं बाजा बजाई झ्याली पिट्दै नगर परिक्रमा गर्ने परम्परा छ ।

मातातीर्थ औँसीका दिन चाँगुनारायण, किलेश्वर महादेव र कान्तिभैरव (कालभैरव) को खटजात्रा गरेर इकुटोलमा पु¥याएर स्थानीयको पूजाका लागि राख्ने गरिन्छ । त्यस दिन स्थानीयले देवतालाई विधिपूर्वक पूजा गरिसकेपछि चाँगुनारायण र किलेश्वर महादेवको खटजात्रा भव्य रूपमा मनाइएको छ ।

विभिन्न गुठीका गुठियारले धिमे, नायिखं, दाफा र विभिन्न बाजा बजाउँदै जात्रा गर्दै बलम्बु टोलमा देवतालाई राख्ने प्रचलन छ । भैरवलाई बलि दिएर पूजा गर्ने र चाँगुनारायण एवं किलेश्वर महादेवलाई नैवेद्य चढाएर पूजा गरिएको छ ।

आज वैशाख शुक्लपक्ष प्रतिपदाका दिन भट्टवारीबाट मतयाः गर्ने भन्दै बत्ती झलमल पारेर बाल्ने र राजारानीको प्रतीकका रूपमा देवतालाई विभिन्न किसिमका गहनाले सिँगारेर बाजा बजाउँदै नगर परिक्रमा गराएर जात्रा मनाइँदै छ ।

राति देवताका खट बोकेर बाजा बजाउँदै रातभर जात्रा गरिन्छ भने बलि दिएर देवताका पूजा गरिन्छ । यो प्रक्रिया पाटनका राजा योगनरेन्द्र मल्लले गरेको विश्वास गरिन्छ । छोराको मृत्युपछि विरक्तिएका राजा ३२ रानीसहित चाँगुनारायणमा बस्न आएका र उनीहरू पनि यस जात्रामा सहभागी भई बाजागाजासहित गाउँ परिक्रमा गरेको किंवदन्ती रहेको छ । त्यही साँझ मत् (दियो) जात्रा गरी बाजागाजासहित आरती गर्ने प्रचलन छ ।

वैशाख शुक्ल द्वितीयाका अर्थात् भोलि मङ्गलबार कान्तिभैरवलाई नगर परिक्रमा गराएर काठमाडौँको डाँछी, ब्रह्मखेल, नयाँगाउँ, भद्रवासदेखि साँखुसम्म लगेर रातभर त्यही राखेर जात्रा गरिने र भोलिपल्ट मात्रै चाँगुनारायण फर्काउने मूल पुजारी रोजोपाध्यायले बताउनुभयो । यसरी जात्रा गर्दा चाँगुनारायण र किलेश्वर महादेवको खटलाई भुइँमा बिसाउनु हुँदैन भन्ने किंवदन्तीअनुसार रथ बोकेरै जात्रा गरिन्छ ।

अक्षय तृतीयाका दिन चाँगुनारायण, किलेश्वर महादेव र कान्ति भैरवका खट लहरै चाँगुमा बिसाएर राख्ने गरिन्छ । यहाँ बिहानैदेखि दिनभरि नै देवताको पूजा गर्न भक्तजनको भीड लाग्ने गर्दछ । उक्त दिन साँझ तीनवटै खटमा झल्लर फुलेका माला र पताः चढाएर सिँगारेर खटजात्रा गरिन्छ भने जात्रा सम्पन्न गरेसँगै देवतालाई देवघरमा भित्र्याउने परम्परा रहेको मूल पुजारी राजोपाध्यायले जानकारी दिनुभयो ।

जात्राका बारेमा स्वयम्भू महापुराणमा उल्लेख गरेअनुसार परापूर्वकालमा श्री किलेश्वर महादेवलाई समन्तभद्र बोधिसत्वको प्रतीकका रूपमा र नैरात्मा गुह्येश्वरीको प्रतीकका रूपमा कान्तिभैरवलाई लिएर चाँगुनारायण र काठमाडौँवासीले जात्रा मनाउने गरेका थिए । त्यसबेलादेखि नै दुई जिल्लाबीच यो जात्रासँगै चल्ने गरेको बताइन्छ । बौद्ध र हिन्दूको बीचमा जात्रामा समन्वय भएको महापुराणमा उल्लेख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश